default_image

1 week ago

November 2, 2025

भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान

283 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतवार भारतको चेन्नइ प्रस्थान गरेको छ ।

कात्तिक १९ देखि २३ गते (नोभेम्बर ५ देखि ९ ) सम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीसहित नेपाली टोली ३६ सदस्यीय रहेको छ ।

खेलाडीमा ग्रिवानविक्रम शाह, शिवहरि खनाल, रइवतबहादुर दाहाल, गौतम माझी, तेजेन्द्र थापा, हरिगोपाल जोशी, राजेशकुमार श्रेष्ठ, कृष्णप्रसाद सिग्देल, सर्मिला श्रेष्ठ प्रधान, विष्णु मल्ल छन्।

त्यस्तै सिता गुरुङ, इन्द्रकुमारी मल्ल, सुनिलकुमार लालवनी, श्रवनकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, आशनारायण चौधरी, अरुणकुमार वैद्य, एन्थोनी अमात्य, गोविन्दबहादुर थापा, सन्तोषबहादुर खड्का, सुरेश जोशी र गौरी श्रेष्ठ छन् ।

टोली प्रमुखमा जीएन दाइ शर्मा, व्यवस्थापकमा भैरव शाही र यशोदा शर्मा, सहायक व्यवस्थापकमा अभव भरतमणि आचार्य दीक्षित र विजयलक्ष्मी शाही तथा फिजियोमा विश्वरत्न मानन्धर र सुधा थापा रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आज बिदाइ गरे ।

November 9, 2025

धारा नेपालगन्ज र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले […]

November 8, 2025

करण र आयुषालाई राप्ती सोनारी नेचर रनको उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- करण नेपाली र आयुषासिंह ठकुरीले दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि जितेका छन् । करण छात्र र आयुषा छात्रातर्फ विजयी भएका हुन्। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत […]

November 2, 2025

राप्तीसोनारी नेचर रन यसै साता

नेपालगन्ज (हाम्रो खेलकुद)- राप्तीसोनारी नेचर रन यस बर्ष यही कात्तिक २२ गते शनिवार बाँकेको राप्तीसोनारीमा हुने भएको छ । ११ बर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गतबर्षदेखि राप्तीसोनारी नेचर रन सुरु गरिएको हो । यसमा राप्तीसोनारी पालिका अन्तर्गत विद्यालयका छात्रछात्राहरुले भाग लिन पाउने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । […]

Success

Thank you for your time.