4 weeks ago
November 8, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- करण नेपाली र आयुषासिंह ठकुरीले दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि
जितेका छन् । करण छात्र र आयुषा छात्रातर्फ विजयी भएका हुन्।
एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत बर्षदेखि सुरु गरिएको हो ।
राप्तीसोनारीको मदुवामा शनिवार भएको राप्तीसोनारी ४.२ किलोमिटर नेचर रनको दोस्रो संस्करणमा छात्रतर्फ नविनप्रसाद जोशी दोस्रो र प्रिन्स थारु तेस्रो भए ।
छात्रतर्फ रामबहादुर बिक, सुशान्त पुनमगर, दिपेन्द्र बस्खोर, रोहित दहित, समिर थारु, बिशाल सुनार, आशीक थारु शीर्ष दश भित्र आए ।
त्यसैगरी छात्रातर्फ अनिसा थारु दोस्रो र अन्चल कुमारी थारु तेस्रो भए । यसमा मिना बिष्ट, अन्जु सुनार, अनुजा थारु, सन्जु थारु, रन्जिता चौधरी, निस्मा थारु, रामकुमारी थारुले शीर्ष दशभित्र स्थान बनाए ।
पहिलो दोस्रो र तेस्रो हुने खेलाडीलाई ५हजार, ३ हजार र १ हजार रुपैयाँ तथा पदकले पुरस्कृत गरियो ।
विजयी खेलाडीलाई राप्तीसोनारी गाउँपालिका कार्यवाहक अध्यक्ष मिनराज खड्का, वडा नं. ५ का अध्यक्ष झगरु थारु, वडा नं. २ का कार्यवाहक अध्यक्ष दीपबहादुर बुढाथोकी, राप्तीसोनारी खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदी, मधु सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर केसी, राष्ट्रिय खेलाडी बालकृष्ण चौधरी र तीर्थ ओली लगायतले पुरस्कार वितरण गरे ।
कार्यवाहक अध्यक्ष खड्काले राप्ती सोनारी नेचर रनलाई गाउँ पालिकाको बार्षिक कार्ययोजनामा सम्बोधन गर्ने र सबै नौ वटै पालिकाले यस कार्यक्रममा आर्थिक लगायत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
करिब एक सय ३० जनाले भाग लिएको दौडबाट शीर्ष दश जनालाई यही मंसिर ६ गते शनिवार हुने ११औं धारा नेपालगन्ज म्याराथनमा स्वतः भाग लिन पाउनेगरी पुस्कृत गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी गराए ।
धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत असोजमा गौघाट ग्रीन रन गरिएको थियो । काठमाडौं २५ के हेरिटेज रेस, नेपालगन्ज १० नाइट रन, कर्णाली हाफ म्याराथन समेत नेपालगन्ज म्याराथनकै भगिनी इभेन्टका रुपमा सन्चालित छन् ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]