default_image

1 month ago

November 9, 2025

धारा नेपालगन्ज र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

476 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ ।

मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

स्कोर म्याराथनका आयोजक स्कोर स्पोर्ट्स म्यानेजमेन्टका संस्थापक एवं सिईओ प्याट्रेसिया टेन र धारा नेपालगन्ज म्याराथनका संस्थापक एवं अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

पहिलो चरणमा पाँच बर्षका लागि सम्झौता गरिएको र यसलाई आवश्यक परिमार्जनसहित समयावधि थप्दै जाने सहमति भएको नेपालगन्ज म्याराथनका संस्थापक एवं अध्यक्ष ठकुरीले बताए । उनी विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को नेपालका लागि दुत पनि हुन् ।

‘मलेसियाको शीर्ष तीनभित्र पर्ने स्कोर म्याराथन वल्र्ड क्लास रोड रेस लेवल मान्यताप्राप्त म्याराथन हो, चालिस हजार भन्दा बढीले भाग लिने गर्छन् ।’ संस्थापक ठकुरीले भने¬‘यो सम्झौताले नेपाली धावक, अफिसियल, भोलन्टियर लगायतलाई विश्व स्तरीय म्याराथनबाट अनुभव बटुल्ने, नयाँ केही सिक्ने अवसर अवश्य प्राप्त हुनेछ । हामी धेरैभन्दा धेरै युवालाई अन्तर्राष्ट्रिय एक्सपोजर दिलाएर नेपालका म्याराथन तथा समग्र खेलकुदका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो या अभियान हो ।’

यो सम्झौताले नेपालका रनिङ इभेन्टहरुको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार हुने र नेपालमा पर्यटक भित्रयाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौता अनुसार नेपालगन्ज म्याराथनको सिफारिसमा खेलाडी, अफिसियल, भोलन्टियर लगायतलाई मलेसिया र सिंगापुरमा हुने स्कोर म्याराथनका सिरिजमा दर्ता र आतिथ्यता लगायतका सुविधा प्रदान गरिनेछ भने स्कोर म्याराथनलाई नेपालगन्ज म्याराथन सिरिजमा सोही सुविधा प्रदान गरिेने उल्लेख रहेको अध्यक्ष ठकुरीले बताए ।

११ बर्षदेखि अविराम सन्चालन हुँदै आएको नेपालगन्ज म्याराथनका भगिनी इभेन्टका रुपमा नेपालगन्ज १० नाइट रन, गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन, कर्णाली हाफ म्याराथन र काठमाडौंं २५के हेरिटेज रेस रहेका छन् ।

त्यसैगरी नेपालगन्ज म्याराथनकै आयोजनामा गतबर्षदेखि नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स समेत सुरुवात गरिएको छ । गौघाट ग्रीन रन र राप्ती सोनारी रनले दोस्रो संस्करण गर्न सफल भइसकेका छन् भने एम्स प्रमाणीकरण नेपालगन्ज १० नाइट रन जेनजी विद्रोहपछिको बिषम परिस्थितिका कारण असोज ३ गते हुन सकेन ।

मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथन पछि मिति तय गरिने कार्यक्रम संयोजक कपिल थापाले बताए । साथै काठमाडौं २५के हेरिटेज रेस समेत आगामी मे १ का दिन निरन्तरता दिइने र त्यसको अघिल्लो दिन नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्सको दोस्रो संस्करण गरिने संयोजक थापाले बताए ।

‘स्कोर म्याराथन सिरिज(मलेसिया–सिंगापुर) र नेपालगन्ज म्याराथन सिरिज(नेपालगन्ज–काठमाडौं)बीचको सहकार्यले दुई रनिङ आयोजक, दुई सहर र दुई देशबीचको सम्बन्ध सुमधुर हुने भएकाले नेपाली पाहुनालाई स्वागत गर्न आफु आतुर रहेको स्कोर म्याराथनकी सिईओ प्याटे«सियाले बताएकी छिन् ।’ संयोजक थापाले भने ।

यसअघि थाइल्याण्डको बाङ्सेनस्थित वल्र्ड क्लास इलाइट लेवल(बाङ्सेन४२ र बाङ्सेन१०) र प्लेटिनम लेवल(बाङ्सेन २१)सँग पनि नेपालगन्ज म्याराथनको यस्तै सहयोग आदानप्रदान गर्ने सम्बन्धि सम्झौता भएको बताइएको छ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.