default_image

3 weeks ago

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

737 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्।

महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए ।

म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दूरी पुरा गर्दै देशकै सरल कोर्ष मानिएको नेपालगन्जमा गतबर्षको कीर्तिमान तोड्न सफल भएका हुन् । उनले लगातार दोस्रो पटक र समग्रमा नेपालगन्ज म्याराथनको विजेता ट्रफीमा ह्याट्रिक गरेका हुन् । गत वर्ष २ घन्टा १७ मिनेटमा दौड पूरा गरेका थिए।

आर्मीकै सुशीलकुमार शाहीले २ घण्टा १६ मिनेट ४० सेकेन्डमा दूरी पुरा गर्दै दोस्रो स्थान हासिल गर्दै १ लाख रुपैयाँ र पदकबाट पुरस्कृत भए ।

तेस्रो स्थानमा आउन सफल नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्कीले २ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दा ५० हजार रुपैयाँ र पदकबाट पुरस्कृत भएका हुन् ।

यसमा त्रिभुवन आर्मीका विनोद रोकाय(२ः२०.३३)ले चौथो, एपीएफका राजन चौधरी(२ः३१.०६)ले पाँचौं, सेनाका धनु मानन्धर(२ः३२.५०)ले छैटौं स्थान हासिल गरे ।

त्यसैगरी यमराज खत्रीले २ः५०.५५ घण्टा, सोम रावतले २ः५७.४८ घण्टा, दिनेशजंग शाहीले २ः५८.१९ घण्टा, रेशम छन्त्यालले ३ः०१.२० घण्टा, निर्मल लम्सालले ३ः२६.१३ घण्टा, अनिल थारु ३ः३१.००, अनिपाल रावत ३ः३३ः२४, रोशनसिंह बिष्ट ३ः४१ः२१, अर्जुन खत्रीले ४ः००.३९, ज्ञानेन्द्रकुमार जैशीले ४ः०३.२०, कृष्णकुमार महर्जनले ४ः३८.५५ घण्टामा दुरी पुरा गर्दै शीर्ष अठारभित्र स्थान सुरक्षित गरे ।

हाफ म्याराथनमा पूर्णलक्ष्मीले १ घण्टा २१ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पुरा गर्दै पहिलो स्थान प्राप्त गरिन् ।

फुलमती रानाले १ः२७ः२२ घण्टा, जुम्लाकी सुनदीवा बुढाले १ः२७.३९ घण्टा, पुष्पा आचार्यले १ः३५.०१ घण्टा, अमिता राईले १ः४७.२९ घण्टा समय निकाल्दै शीर्ष ५ स्थान हासिल गरे ।

उनीहरु क्रमशः ७५ हजार, ५० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित पदकले पुरस्कत भए । पूर्णलक्ष्मीको यो दोस्रो उपाधि हो। यसअघि उनले पाँचौं संस्करणमा उपाधि जितेकी थिइन् ।

१० किलोमिटर रोड रेसमा पुरुषतर्फ नेपाल पुलिस क्लबका नागेश्वर अहिर(३१ः४२ः३१ पहिला र एपिएफ क्लबका रुपेश कार्कीले (३१ः४९.०५) दोस्रो भए।

त्यस्तै कल्पना बुढा(३७ः१८.०७), दीपा परियार(३८ः१०.८९), सुनदेवा बुढा(३८ः४३.३१), सुमित्राकुमारी चौधरी(३८ः५०.२२), देवकी कुमारी(४०ः४३.८२), अर्जेन्टिनाकी एलियना जर्केलिस(४०ः५५.२८)को समय निकाल्दै शीर्ष स्थान हासिल गरे ।

कर्पोरेट रनतर्फ डा. रामकृष्ण लामिछाने, डा. विश्वनाथ शर्मा, प्रहरी निरीक्षक पदम थारु, नारायणप्रसाद बस्याल, नवीन शर्मा पौड्यालले शीर्ष पाँच स्थान हासिल गरे ।

एन्जल्स स्कुललाई नेपालगन्ज ट्रफी

नेपालगन्ज म्याराथन आयोजक कमिटीले यसबर्षदेखि विद्यालयस्तरमा दौडको लोकप्रियता बढाउन स्थापना गरेको ‘नेपालगन्ज ट्रफी’ यसबर्ष एन्जल्स स्कुलले हात पारेको छ ।

सर्वाधिक दर्ता गराउने विद्यालयलाई यो ट्रफीबाट सम्मानित गर्ने आयोजक कमिटीको पुर्वनिर्धारित निर्णयअनुसार एन्जल्स स्कुल छनोटमा परेको हो ।

कार्यक्रमका प्रमुख आकर्षण महानायक राजेश हमालले स्कुलकी निर्देशक विवेचना मल्ललाई ट्रफी हस्तान्तरण गरे । एन्जल्स स्कुलबाट एक सय दश जनाले भाग लिएका थिए ।

बाँके जिल्लास्तरीय स्कुल दौडमा छात्रातर्फ दीपशीखा शाही, ज्ञानदेवी महतारा र अप्सरा बम तथा छात्रतर्फ अरविन्दकुमार यादव, अरमन अहमद दर्जी र किरण रोकायले शीर्ष तीन स्थान हासिल गरे ।

किड्स रनतर्फ ब्राइटल्याण्ड स्कुलका नमांसु थापामगर, सगरमाथा ज्ञानकुन्जका सुजन शाही र ब्राइटल्याण्डकै निकेस फडाराले क्रमशः शीर्ष तीनको स्थान हासिल गरे ।
ह्वीलचेयर दौडमा पारसराम बढई, राजेश हरिजन, मनकुमारी परियारले शीर्ष तीन स्थान हासिल गरे ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गौतम, केएल दुगड ग्र्पका सिईओ प्रदीप छाजेड, महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुईंटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, नेपाल पर्यटन बोर्डका बरिस्ठ अधिकृत सुर्य थपलिया, एभरेस्ट म्याराथनका संस्थापक विक्रम पाँडेकाजीलगायतले पुरस्कृत गरे ।

नेपाल रनिङ ३ सार्वजनिक

म्याराथनका अवसरमा तयार गरिएको नेपाल रनिङ अंक ३ बिशेषांक सार्वजनिक गरियो । महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुईंटेल, मिस नेपाल २०२३ सृच्छा प्रधान, ओलम्पियन दीपक बिष्ट, साग दोहोरो स्वर्णधारी दीपक श्रेष्ठले म्यागजिन सार्वजनिक गरे ।

बिशेषांकमा रनिङ सम्बन्धि आलेख समावेश गरिएको छ । एम्स दुत तथा नेपालगन्ज म्याराथन संस्थापक टीएस ठकुरीदेखि बर्लिन म्याराथनका संस्थापक हडर््स मिल्डेदेखि बाङ्सेन रनिङ सिरिज(थाइल्याण्ड)का प्रमुख रुटका साथै टाटा मुम्बई म्याराथनदेखि कोसिस म्याराथन हुँदै सिकागो म्याराथनका सिओओ माइक निसीसम्मका आलेख राखिएको छ ।

यसअघि नेपालको प्रतिष्ठित प्रकाशन गृह फाइनप्रिन्टसँगको सहकार्यमा नेपालगन्ज कनक्लेव भएको थियो । कनक्लेव र म्याराथन हरेकबर्ष स्तरोन्नति गर्दै जाने अध्यक्ष टीएस ठकुरीले बताए ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.