default_image

4 hours ago

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ ।

गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो ।

थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष यो कार्यक्रम गर्ने तय गरिएको दुतावासका प्रथम सेक्रेटरी कुमार विक्रम रेग्मीले बताए ।

थाइल्याण्डका लागि नेपाली राजदुत धनबहादुर ओलीको संरक्षकत्वमा उपनियोग प्रमुख मोतीबहादुर श्रीसको संयोजकत्वमा थाइल्याण्डमा कार्यरत संघसंस्थाहरु सदस्य रहनेगरी मुल आयोजक समिति गठन गरिएको दुतावासद्धारा जारी प्रेसविज्ञप्तिमा जनाइएको छ ।

त्यसमा उद्यमी कुमार कार्कीलाई बजेट तथा कोष व्यवस्थापन उपसमिति सयोजक चयन गरिएको उल्लेख छ । त्यसैगरी मुन गुरुङलाई व्यवस्थापन एवं समन्वय उपसमिति संयोजक, विप्लव रेग्मीलाई सुचना प्रविधि तथा प्रचार प्रसार उपसमिति संयोजक, प्रेम अधिकारीलाई प्राविधिक तथा स्थलगत व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेपालमा समन्वय तथा प्रचारप्रसार गर्न एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाण्डे र टीएस ठकुरीलाई जिम्मेवारी दिइएको छ ।

नेपालबाट उक्त बैठकमा सहभागी ठकुरी विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)का नेपाल प्रतिनिधि हुन् भने ११ बर्षदेखि निरन्तर आयोजना हुँदै आएको नेपालकै सहज कोर्ष मानिएको धारा नेपालगन्ज म्याराथन तथा नेपाल रनिङ इन्टरनेसनल कन्फ्रेन्सका संस्थापक हुन् ।

बैठकमा नेपालबाट धारा नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीका साथै नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर दामोदर मिश्रका साथै गैरआवासीय नेपाली संघ थाइल्याण्ड, पिपल अफ नेपाली ओरिजिन एसोसियसन, थाई नेपाल संघ, थाई नेपाल फ्रेन्डसीप एसोसियसन, संयुक्त राष्ट्र संघका प्रतिनिधि, वेष्टर्न युनियन, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, किङ मुकुट विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, थाइल्याण्डमा विभिन्न पेशा र व्यवसायमा आवद्ध उद्यमीहरु लगायत केही थाई नागरिकको समेत उपस्थिति थियो ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

Success

Thank you for your time.