default_image

2 years ago

November 28, 2021

नेपालविरुद्ध युएईको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईले नेपालविरुद्ध मध्यम ब्याटिङ गरेको छ । आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर ब्याटिङ थालेको युएईले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ५५ रन बनाएको छ । ओपनर थ्रीथा सतिस ३२ बलमा ३ चौका सहित ३५ रनमा अविाजित छिन् । […]

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईले नेपालविरुद्ध मध्यम ब्याटिङ गरेको छ । आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर ब्याटिङ थालेको युएईले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ५५ रन बनाएको छ ।

ओपनर थ्रीथा सतिस ३२ बलमा ३ चौका सहित ३५ रनमा अविाजित छिन् । काभिसा इगोडागे २४ बलमा १ चौका सहित १९ रनमा अविजित छन् । ओपनर ईशा ओझालाई तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरेकी थिइन् । त्यसपछि थ्रीसा र ईशाले ५१ रनको साझेदारी गर्दै अघि बढाएका छन् ।

युएई ४ खेलमा ४ मानै जितका साथ शीर्षस्थानमा छ । नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले भने पुग्दैन । नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ । नेपालको नेटरनरेट २.०८८ र युएईको २.३९८ छ ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि दबाबमा परेको हो । त्यसपछि नेपालले सानदार जितका साथ अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । युएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानसँग ४७ रन र कुवेतलाई ७ विकेटले हराउँदै अघिल्लो चरण नजिक छ ।

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

स्पेन र ब्राजिलको रोमाञ्चक बराबरी

एजेन्सी – स्पेन र ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । स्पेन र ब्राजिलले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । ब्राजिलले खेलमा दुईपटक पछि परेको स्थितिमा घरेलु टोली स्पेनलाई रोक्न सफल हुँदा स्पेनले आफ्नो अग्रतालाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । सान्टियागो बर्नबेउ मड्रिड स्पेनमा मंगलबार राति भएको खेलमा घरेलु टोली […]

Success

Thank you for your time.