default_image

2 years ago

August 6, 2022

लिभरपुलविरुद्ध फुल्हमलाई अग्रता

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा यसै सिजन बढुवा भएको फुल्हमले सिजनको पहिलो खेलमा लिभरपुलविरुद्ध सुरुवाती अग्रता बनाएको छ । पहिलो हाफको समाप्तिमा पाहुना टोली लिभरपुल १-० ले पछि परेको छ । खेलको ३२ औं मिनेटमा एलेक्जेन्डर मित्रोभिचले गोल गर्दै फुल्हमलाई अग्रता दिलाए । उनले केनी टेटेको क्रसलाई फार पोस्टमा हेडरमार्फत गोल गरे । सर्बियन फरवार्डले […]

75 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा यसै सिजन बढुवा भएको फुल्हमले सिजनको पहिलो खेलमा लिभरपुलविरुद्ध सुरुवाती अग्रता बनाएको छ । पहिलो हाफको समाप्तिमा पाहुना टोली लिभरपुल १-० ले पछि परेको छ ।

खेलको ३२ औं मिनेटमा एलेक्जेन्डर मित्रोभिचले गोल गर्दै फुल्हमलाई अग्रता दिलाए । उनले केनी टेटेको क्रसलाई फार पोस्टमा हेडरमार्फत गोल गरे । सर्बियन फरवार्डले डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डलाई पछि पार्दै हेडर भेटेका थिए ।

त्यसअघि खेलको १४ औं मिनेटमा लिभरपुलले गोल गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । कोलाम्बियन विंगर लुइस डियाजले सुन्दर फिनिस प्रस्तुत गरेपनि त्यसअघि नै एन्डी रोबर्टसन अफसाइड रहेका कारण गोल मान्य भएन ।

लिभरपुलले यसै सिजन क्लबमा आएका फरवार्ड डार्विन न्युनेजलाई बेन्चमा राखेको छ । आक्रमणमा केहि फितलो देखिएको लिभरपुलविरुद्ध फुल्हमले राम्रो सुरुवात गरेको छ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.