default_image

3 years ago

September 6, 2022

अनिता र सावित्राको गोलमा नेपालले अग्रता बढायो

435 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अनिता बस्नेत र सावित्रा भण्डारीले केही मिनेटको अन्तरमा नै गोल गरेपछि नेपालले भुटानविरुद्ध ३-० को अग्रता लिएको छ ।

पहिलो हाफमा सावित्राको गोलमा १-० को अग्रता लिएको नेपालका लागि दोस्रो हाफको ४७औ मिनेटमा सावित्राको पासमा दीपा शाहीको प्रहार पोस्ट नजिकैबाट आकासियो । ५६औं मिनेटमा सावित्रा भण्डारीले एक्लैले बल अघि बढाउँदै पेनाल्टी बक्समा रेखा कुमारी पौडेललाई दिएको पासलाई भुटानी डिफेन्डरले क्लियर गरिन् । ६४औं मिनेटमा अनिता बस्नेतले एकल प्रयासमा गरेको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो । ६८औं मिनेटमा सावित्राले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्द नेपाललाई २–० को अग्रता दिलाइन् ।

दोस्रो हाफको शुरुमै अमिशा कार्कीको स्थानमा मैदान छिरेकी रेखा कुमारी पौडेलको चलाखीपूर्ण पासलाई सावित्राले वान भर्सेस वानको स्थितिमा सहज फिनिस गरिन् । यससँगै सावित्रा भुटानविरुद्धको चौथो खेलमा लगातार गोल गर्न सफल भइन् । उनले यसअघि तेस्रो, चौथो र पाँचौ साफमा गोल गर्न सफल भएकी थिइन् । साफमा भुटानविरुद्ध उनको यो १०औं तथा सम्रगमा राष्ट्रिय टोलीबाट ४०औं गोल हो ।

७२ औं मिनेटमा अनिता बस्नेतले उत्कृष्ट गोल गर्दै नेपाललाई ३-० ले अघि बढाइन् । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई भुटानको गोलरक्षक संगीता मोंगरले बचाउन सकिनन् ।

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.