default_image

3 years ago

September 10, 2022

पहिलो हाफमै बंगलादेशको ४ गोल

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह ए को खेलमा पाकिस्तान र बंगलादेश खेल्दैछन् । पहिलो हाफको समाप्तिमा बंगलादेश ४-० ले अघि छ ।

खेलको तेस्रो मिनेटमा नै बंगलादेशले मोनिका चक्माको गोलमा अग्रता लियो । कप्तान सविना खातुनले दायाँ विंगबाट दिएको क्रस डिफेन्सले क्लियर गरेपनि पेनाल्टी क्षेत्र बाहिर रहेकी मोनिकाले सुन्दर गोल गरिन् । अनमार्क रहेकी मोनिकाले बललाई नियन्त्रणमा लिँदै दोस्रो बारको बटम कर्नरमा सुन्दर प्लेसमेन्ट गरिन् ।

त्यसअघि पहिलो मिनेटमा नै पाकिस्तानले सुवर्ण अवसर प्राप्त गरेको थियो । एकल प्रयासमा जुल्फिया नाजिरले मिडफिल्डबाट बल अघि बढाउँदै वन भर्सेस वनको स्थितिमा प्रहार गरेपनि गोलरक्षक रुपना चक्माले बचाउ गरिन् । १२ औं मिनेटमा कप्तान सविनाले अग्रता दोब्बर पार्ने अवसर खेर फालिन् । सिरात जहान सोप्नाको पास लिँदा ६ यार्ड बक्सअघि अनमार्क रहेकी उनको प्रहार पोस्टभन्दा माथि गएको थियो ।

२८ औं मिनेटमा सोप्नाले बंगलादेशको अग्रता दोब्बर पारिन् । काउन्टर अट्याकमा उत्कृष्ट टिम मुभलाई सोप्नाले सुन्र फिनिसका साथ अन्त्य गरिन् । कप्तान सविनाको अन्तिम पासलाई उनले नियन्त्रणमा लिँदै गोलरक्षक सायदा महापारालाई कुनै मौका दिइनन् ।

३१ औं मिनेटमा सविनाले बंगलादेशलाई ३-० ले अघि बढाइन् । मारियासँग वन टु पास खेल्ने क्रममा अन्तिम पासलाई पाकिस्तानी डिफेन्सले क्लियर गर्न नसक्दा सविनाले पेनाल्टी क्षेत्रभित्र खुला बललाई पोस्टको दिशा दिइन् । ३५ औं मिनेटमा सविनाले व्यक्तिगत दोस्रो गोल गरिन् । सन्जिदा अख्तरको कटब्याकमा गोलरक्षक बिट भएपछि सविनाले ६ यार्ड बक्स भित्रबाट डिफेन्सको चुनौती पन्छाउँदै गोल गरिन् ।

३८ औं मिनेटमा पाकिस्तानकी गोलरक्षक महापाराले सुन्दर बचाउ गर्दो गोल अन्तर बढाउन दिइनन् । पहिलो हाफको इन्ज्युरी समयमा जुल्फिया नाजिरले पाकिस्तानका लागि अग्रता घटाउने अवसर पाएपनि सदुपयोग गर्न सकिनन् । काउन्टरमा अघि बढेकी जुल्फियाको प्रयासलाई बंगलादेशकी गोलरक्षक रुपना चक्मा र अखि खातुनले विफल पारेका थिए ।

आज हुने समूह ए को दोस्रो खेलमा भारत र माल्दिभ्स खेल्नेछन् । खेल साँझ ५:३० बजे सुरु हुनेछ । समूह ए मा भारत र बंगलादेशले ३-३ अंक जोडेका छन् ।

December 7, 2025

पुलिसलाई अर्जुनधारा महिला भलिबलको उपाधि

हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

Success

Thank you for your time.