default_image

3 years ago

September 10, 2022

भारतलाई पहिलो हाफमा फराकिलो अग्रता

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह ए को खेलमा भारत र माल्दिभ्स भिड्दैछन् । पहिलो हाफमा भारतले ३-० को अग्रता लिएको छ ।

खेलको छैटौं मिनेटमा नै भारतले अग्रता लिने अवसर पाएको थियो । गोलरक्षक तथा माल्दिभ्सकी कप्तान अमिनाथ लिजाले क्रस छुटाएपछि भारतकी प्रियंका देवी नाओरमको प्रहारलाई शहफा सिउथले गोललाइनबाट क्लियर गरिन् ।

दशौं मिनेटमा दाङमेइ ग्रेसले वन भर्सेस वनमा गरेको प्रहार लिजाले बचाइन् । १३ औं मिनेटमा पेनाल्टी क्षेत्र भित्र डिफेन्डर बिट गरेपछि अन्जुले गरेको अन्तिम प्रहारले पोस्टको दिशा लिन सकेन ।

२४ औं मिनेटमा भारतले अन्जुको गोलमा अग्रता लियो । कप्तान आशालता देवीसँग छोटो कर्नर लिएकी अन्जुले फिर्ता आएको पासमा लामो प्रहार गरेकी थिइन् । उनले बायाँ विंगबाट गरेको प्रहार गोलरक्षकको हातमा लाग्दै गोल भएको हो ।

खेलको ४२ औं मिनेटमा भारतले अग्रता दोब्बर पार्यो । छोटो कर्नरमा कप्तान आशालताले दिएको लामो पास क्लियर हुन नसक्दा प्रियांकाले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोल भएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा अन्जुले भारतलाई ३-० ले अघि बढाइन् । रतनबाला देवी नोङमाइथेमले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर गोलरक्षकलाई लाग्दै झरेपछि खाली पोस्टमा अन्जुले गोल गरेकी थिइन् ।

यस समूहमा बंगलादेश २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ३-० ले पराजित गरेको थियो । आजको खेल जितेमा दुवै भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

सानदार पुनरागमनमा काठमाडौं विजयी

काठमाडौं (हाम्रो खेलकुद)- सानदार पुनरागमन गर्दै काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजलाई ३-२ ले हराएको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको अर्थहिन खेलमा दुवै टोली जितका साथ यो सिजनको लिग अन्त्य गर्ने दाउमा रहेको थियो। जहाँ लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। जहाँ २५-२३ र २६-२४ ले लगातार दुई सेट जितेर […]

November 14, 2025

नेपालले महिला कबड्डी विश्व कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप २०२५ भाग लिन जाने नेपाली महिला कबड्डी टोलीलाई बिदाइ गरिएको‌ छ। शनिवार सुरु भएर मंसिर ९ गते (नोभेम्बर १५ देखि २५ ) सम्म चल्ने विश्व कपमा यस वर्षको विश्वकपमा नेपालसहित  बंगलादेश, भारत, जापान, जर्मनी, केन्या, चिनियाँ ताइपे, थाइल्यान्ड, इरान, युगान्डा, अर्जेन्टिना र इन्डोनेसिया गरी १२ राष्ट्र […]

Success

Thank you for your time.