5 months ago
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलको नेपाल र भुटान खेलिरहेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले आक्रमणमा निकै कम जोखिम लिएका छन् ।
खेलको दोस्रो हाफ पनि बराबर भएको अवस्थामा सिधै टाइब्रेकरबाट खेलको निर्णय हुनेछ ।
दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन् । फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ ।
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]
January 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएका सदभाव आचार्य सहित नेपाली गल्फ टोली आज स्वदेश फर्किएको छ। शनिवार सम्पन्न ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा सदभावले एकल र उनी सम्मिलित टोलीले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, महासचिव दिपक आचार्य तथा सदस्य दीपक […]
January 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब मधेश प्रदेशलाई हराउँदै जय ट्रफी मेन्स एलिट कपको फाइनल प्रवेश गरेको छ । पाँचौ खेलमा आइतवार आर्मीले मधेशलाई ८ विकेटले पराजित गरेको हो । दोस्रो इनिङमा २८ रनको झिनो लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गर्यो । पहिलो इनिङमा आर्मी भन्दा १ सय रनले पछि परेसँगै मधेश फलोअनमा परेको […]