काठमाडौं(हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान सुमित मर्हजनले आफ्नो घरेलु क्रिकेटमा उच्च लयलाई कायम राख्दै अर्धशतक प्रहार गरेका छन् ।

सुमितको अर्धशतकसँगै राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश ३ विरुद्ध मध्यम प्रर्दशन गरेको छ । टियू मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले ३१ ओभरमा १ सय ४० रन बनाउन ४ विकेट गुमाएको छ । उसका लागि मध्यम क्रममा युवा खेलाडी सुमित महर्जनले अर्ध शतक प्रहार गरेका छन् ।

३० ओभरको पहिलो बलमा ज्ञानेन्द्र मल्लको बलमा १ रन लिँदै सुमितले ६५ बलमा अर्ध शतक पुरा गरेका थिए । सुमित ७१ बलमा २ चौका र ४ छक्का सहित ५८ रनमा खेलि रहेका छन् । उनलाई पृथु वास्कोटाले १२ रन बनाई साथ दिएका छन् । त्यसअघि शरद भेषवाकर १२,आशिफ शेख ७, प्रदीप ऐरी ४० र शंकर राना १ रनमा आउट भई सकेका छन् । ऐरीले ६३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । प्रदेश ३ का नन्दन यादवले २,पारस खड्का र सुर्य तामाङले समान १ विकेट लिएका छन् ।