एजेन्सी – एकदिवसिय विश्वकपको पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा जारी छ । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले २१ ओभरमा १ सय १५ रन जोड्न ३ विकेट गुमाएको छ ।

ओपनर जेसन रोय ५३ बलमा ८ चौका सहित ५४ रनमा क्याच आउट भएका छन् । रोयलाई १९ ओभरको चौथो बलमा एन्डिले फेलुक्वायोले कप्तान फाफ डु प्लेसिसबाट क्याच आउट गराए । लगत्तै २० ओभरको पहिलो बलमा कागिसो रबाडाले जेपी ड्यूमिनीबाट क्याच गराउँदै जो रुटलाई ५१ रनमा आउट गरेका छन् । रुटले ५९ बलमा ५ चौका प्रहार गरे ।
रुट र रोयले दोस्रो विकेटका १ सय ६ रनको शतीकय साझेदारी गरेका थिए । दुवै आउट भएपछि इंग्ल्यान्ड केहि दवावमा परेको छ । इंग्ल्यान्डले पहिलो ओभरको दोस्रो बलमै ओपनर जोनी बेयरस्टोलाई शून्यमा गुमाएको थियो । इमरान ताहिरले विकेटकीपर क्विन्टन डी ककको हातबाट क्याच आउट गराएपछि जोनी डक आउट हुनु पर्यो । कप्तान ईओन मोर्गन ५ र बेन स्टोक्स ३ रनमा खेलि रहेका छन् ।