एजेन्सी – ओपनर डेविड वार्नरले शानदार शतक प्रहार गरेपछि एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध अष्ट्रेलिया विशाल योगफल तर्फ लम्केको छ ।

वार्नरले ३६ ओभरको पहिलो बलमा शाहिन शाह अफ्रिदीलाई चौका प्रहार गर्दै १ सय २ बलमा विश्वकपको दोस्रो तथा वान डे करियरको १५ औं शतक पुरा गरे । पहिलो विकेटका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले १ सय ४६ रनको सानदार साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी मोहम्मद आमिरले २३ ओभरको पहिलो बलमा मोहम्मद हफिजबाट फिन्चलाई ८२ रनमा क्याच गराउँदै तोडेका थिए । ठूलो शट खेल्ने धुनमा क्याच आउट हुनुअघि फिन्चले ८४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे ।
२९ औं ओभरको चौथो बलमा मोहम्मद हफिजको बलमा ठूलो शट खेल्ने धुनमा स्टिभ स्मिथ आशिफ अलीबाट क्याच हुनुअघि १० रनमा पेभिलिएन फर्के । ३४ ओभरको चौथो बलमा शाहिन शाह अफ्रिदीले ग्लेन म्याक्सवेललाई २० रनमा बोल्ड आउट गरे । म्याक्सवेल पनि ठूलो शट खेल्ने धुनमा बोल्ड आउट हुनु हघि १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।
वार्नर १ सय ५ बलमा ११ चौका र १ छक्का सहित १ सय ४ रनमा खेलि रहेका छन् । उनलाई शन मार्शले ३ रनमा साथ दिएका छन् । यो समाचार तयार पार्न सम्म ३६ ओभरमा २ सय ३५ रन बनाउँदै अष्ट्रेलियाले ३ विकेट गुमाएको छ ।