default_image

5 years ago

June 20, 2019

पहिलो हाफमा अर्जेन्टिना पछाडि

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह चरणको दोस्रो खेलमा अहिले अर्जेन्टिना र पाराग्वे भिड्दैछन् । पहिलो हाफको खेल सकिंदा पाराग्वेले १-० को अग्रता बनाएको छ । खेलको ३७ औं मिनेटमा रिचार्ड स्यान्चेजले पाराग्वेलाई अग्रता दिलाएका हुन् । मिगुएल आल्मिरोले मिडफिल्डको मध्यभागबाट एक्लै बल अगाडी बढाएर दिएको क्रसमा स्यान्चेजले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गोल […]

25 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह चरणको दोस्रो खेलमा अहिले अर्जेन्टिना र पाराग्वे भिड्दैछन् । पहिलो हाफको खेल सकिंदा पाराग्वेले १-० को अग्रता बनाएको छ ।

खेलको ३७ औं मिनेटमा रिचार्ड स्यान्चेजले पाराग्वेलाई अग्रता दिलाएका हुन् । मिगुएल आल्मिरोले मिडफिल्डको मध्यभागबाट एक्लै बल अगाडी बढाएर दिएको क्रसमा स्यान्चेजले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गोल गरेका हुन् ।

त्यसअघि खेलको २८ औं मिनेटमा पनि पाराग्वेले गोल गर्ने सुवर्ण अवसर गुमाएको थियो । माटियास रोजासको प्रहारलाई डिफेन्डर निकोलस टाग्लियाफिकोले छेकेका थिए । पहिलो हाफको खेल अवधिभर कप्तान मेस्सीले प्रहार गरेको फ्रिकिक नै अर्जेन्टिनाको पोस्टमा गरेको एकमात्र आक्रमण हो ।

अर्जेन्टिना कुनै अंक नजोडी समूहको पुछारमा रहेको छ । यस खेलमा पराजित भए पनि अर्जेन्टिनाको क्वाटरफाइनल पुग्ने झिनो सम्भावना रहनेछ ।

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

Success

Thank you for your time.