5 years ago
October 15, 2019
नेपाल विरुद्ध जोर्डन
नेपाल र जोर्डनबीच विश्वकप छनोट अन्तर्गत चौथो खेलमा प्रतिस्पर्धा हुँदैछ । प्रशिक्षक योहान कालिनले यस खेलमा ३ खेलाडी परिवर्तन गरेका छन् । उनले फरवार्ड विमल घर्तीमगर, डिफेन्डर सुमन अर्याल र मिडफिल्डर सन्तोष तामाङलाई टोलीमा समेटेका हुन् । कप्तान किरण गोलरक्षकमा नियमित रहंदा अनन्त तामाङ, देवेन्द्र तामाङ र दिनेश राजवंशी डिफेन्समा छन् ।
मिडफिल्डमा रोहित चन्द, सुजल श्रेष्ठ, अन्जन विष्ट र रवी पासवान खेलिरहेका छन् । फरवार्डको जिम्मेवारी विमलले निभाएका छन् ।
प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस्
नेपाल र जोर्डनबीच यसअघि सन् २०१४ को विश्वकप छनोटमा पनि प्रतिस्पर्धा भएको थियो । त्यसबेला नेपाल अवे लेगमा ९-० ले पराजित भएको थियो भने घरेलु मैदानमा १-१ को बराबरी खेल्न सफल भएको थियो ।
December 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। माल्दिभ्सको क्लब एचडिसीलाई शुक्रवार ३-० को सोझो सेटले पराजित गर्दै हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँगको फाइनल भेट पक्का गरेको हो । लिग चरणमा दोस्रो भएको हेल्प नेपालले चौथो स्थानको एचडिसीलाई २५-१६,२५-१८,२५-२१ ले हराउँदै अन्तिम दुईको यात्रा […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]