default_image

4 years ago

June 29, 2020

क्यसेमिरोको गोलमा रियललाई अग्रता

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती जारी खेलमा रियल म्याड्रिडले एस्पान्योलविरुद्ध पहिलो हाफमा १-० को अग्रता बनाएको छ । खेलको पाँचौ मिनेटमा एस्पान्योलले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । काउन्टर अट्याकमा अगाडी बढेको घरेलु टोलीका वु लेइको क्रसमा सर्जी डार्डरको प्रहारलाई राफाएल भारानले उत्कृष्ट ब्लक गर्दै खेल गोलरहित नै राखे । छैटौं […]

48 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती जारी खेलमा रियल म्याड्रिडले एस्पान्योलविरुद्ध पहिलो हाफमा १-० को अग्रता बनाएको छ ।

खेलको पाँचौ मिनेटमा एस्पान्योलले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । काउन्टर अट्याकमा अगाडी बढेको घरेलु टोलीका वु लेइको क्रसमा सर्जी डार्डरको प्रहारलाई राफाएल भारानले उत्कृष्ट ब्लक गर्दै खेल गोलरहित नै राखे ।

छैटौं मिनेटमा क्यासेमिरोको लामो दुरीको प्रयासलाई एस्पान्योलका गोलरक्षक डिएगो लोपेजले विफल पारे । लोपेज पोजिसनमा नभएको मौकामा क्यासेमिरोले आफ्नो हाफबाट गरेको लामो प्रहार लोपेजले एक हातले डाइभ दिँदै दोस्रो प्रयासमा मात्र बचाउन सकेका थिए ।

नवौं मिनेटमा क्यासेमिरोले कर्नरबाट आएको रिबाउन्डमा गरेको प्रहार गोललाइन नजिक रहेका कप्तान सर्जियो रामोसको टाउकोमा लाग्दै बाहिरियो । लगत्तै मार्सेलोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै बाहिरियो ।

२५ औं मिनेटमा वु लेइको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो ।  २७ औं मिनेटमा लेइले काउन्टरमा तीव्र गतिमा बल अगाडी बढाएपनि रामोससँग जुधेपछि आक्रमण पेनाल्टी क्षेत्र बाहिरनै नै रोकिन पुग्यो । ३१ औं मिनेटमा टोनी क्रुसको फ्रिकिकमा रामोसको हेडरले पोस्टको दिशा लिन सकेन ।

४४ औं मिनेटमा रियल म्याड्रिडले अग्रता लिने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । एकै मुभमा गोलरक्षक डिएगो लोपेजले तीन बचाउ गरेपछि रियल निराश बन्नुपरेको थियो । उनले करीम बेन्जेमा, क्यासेमिरो र इडेन हाजार्डको प्रहार विफल पारेका थिए ।

रियलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिन सफल रहयो । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र ब्याकहिलमा दिएको पासलाई क्यासेमिरोले ६ यार्ड बक्सको भित्रबाट गोलमा परिणत गरे ।

रियलले यस खेलमा जित वा बराबरी हासिल गरे अंक तालिकाको शीर्षस्थानमा उक्लनेछ । बार्सिलोनाभन्दा १ अंक पछि रहेको रियल हेड टु हेडमा भने क्याटलान टोलीभन्दा माथि छ ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

कर्णालीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ। आज कर्णालीले सुदूर पश्चिम प्रदेशलाई ६ विकेटले माथ दियो। कर्णालीको जितमा अर्जुन घर्तीले सर्वाधिक ३७ रन बनाए। जितको लागि १ सय ४४ रनको विजय लक्ष्य पछाएको कर्णाली प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। सुरूवात कर्णालीले राम्रो गन […]

Success

Thank you for your time.