default_image

4 years ago

July 1, 2020

पहिलो हाफमा एटलेटिको र बार्सिलोनाको रोमान्चक बराबरी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र एटलेटिको म्याड्रिडबीच जारि खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । बार्सिलोनाले खेलमा अग्रता लिएपनि एटलेटिकोले बराबरी गोल फर्काएको हो । खेलको ११ औं मिनेटमा नै बार्सिलोनाले अग्रता लिएको थियो । कप्तान लिओनेल मेस्सीको कर्नर प्रहारमा डिएगो कोस्टाले आफ्नै पोस्टमा गोल गरेपछि घरेलु टोली अगाडी बढेको […]

32 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र एटलेटिको म्याड्रिडबीच जारि खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । बार्सिलोनाले खेलमा अग्रता लिएपनि एटलेटिकोले बराबरी गोल फर्काएको हो ।

खेलको ११ औं मिनेटमा नै बार्सिलोनाले अग्रता लिएको थियो । कप्तान लिओनेल मेस्सीको कर्नर प्रहारमा डिएगो कोस्टाले आफ्नै पोस्टमा गोल गरेपछि घरेलु टोली अगाडी बढेको थियो । त्यसअघि मेस्सीकै फ्रिकिकलाई कोस्टाले पोस्टको नजिकबाट क्लियर गरेपछि कर्नर प्राप्त भएको थियो ।

खेलको १९ औं मिनेटमा एटलेटिकोले बराबरी गोल फर्कायो । सौल निगुएजले दोस्रो पेनाल्टी प्रहारमा एटलेटिकोका लागि गोल गरेका थिए । आर्टुरो भिडालले यानिक करास्कोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर डिएगो कोस्टाको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पारे ।

रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयता लिँदै पछिल्लो पेनाल्टीलाई मान्यता दिएनन् । गोलरक्षक स्टेगन कोस्टाले पेनाल्टी हान्नुअघि नै गोललाइनबाट अगाडी बढेको कारण एटलेटिकोले पुन: पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । दोस्रो अवसरमा भने साउल निगुएजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

४२ औं मिनेटमा मेस्सीले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिकलाई गोलरक्षक यान ओब्लाकले उत्कृष्ट बचाउ गरे । इन्ज्युरी समयमा डिएगो कोस्टाको प्रयासलाई जोर्डी अल्बाले विफल पार्दै खेल बराबरीमा राखे ।

यस खेलमा बार्सिलोनाले जित हासिल गरे रियल म्याड्रिडलाई उछिन्दै शीर्षस्थानमा उक्लनेछ । बराबरी वा हारले भने बार्सिलोना दोस्रो स्थानमा रहँदै रियललाई अग्रता बढाउने अवसर हुनेछ । एटलेटिको भने तेस्रो स्थानमा नै यथावत रहनेछ ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

अधिकारिक जर्सी नक्कल नगर्न केल्मीको सूचना

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड केल्मीको नेपालका लागि एकमात्र अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले केल्मीको अधिकारिक जर्सी नक्कल नगर्न सूचना जारी गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल क्रिकेट संघ (क्यान), नेपाल भलिबल संघ (एनभिए) लगायत विभिन्न खेलकुद संघसँग केल्मीले प्रायोजन सम्झौता गर्दै किट निर्माण गर्दै आएको छ । अर्को महिना […]

Success

Thank you for your time.