default_image

4 years ago

August 9, 2020

उत्कृष्ट पहिलो हाफसँगै बार्सिलोना क्वाटरफाइनल नजिक

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ दोस्रो लेगको पहिलो हाफमा नेपोलीविरुद्ध ३-१ को अग्रता लिएको छ । अर्को खेलमा बायर्न म्युनिख चेल्सीविरुद्ध २-१ ले अगाडी छ । बार्सिलोनाको मैदान क्याम्प नोउमा खेलको दोस्रो मिनेटमा नै नेपोलीले अग्रता लिने सुवर्ण अवसर गुमायो । डिफेन्डर जेरार्ड पिकेले बल क्लियर गर्ने प्रयासमा चुक्दा […]

49 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ दोस्रो लेगको पहिलो हाफमा नेपोलीविरुद्ध ३-१ को अग्रता लिएको छ । अर्को खेलमा बायर्न म्युनिख चेल्सीविरुद्ध २-१ ले अगाडी छ ।

बार्सिलोनाको मैदान क्याम्प नोउमा खेलको दोस्रो मिनेटमा नै नेपोलीले अग्रता लिने सुवर्ण अवसर गुमायो । डिफेन्डर जेरार्ड पिकेले बल क्लियर गर्ने प्रयासमा चुक्दा पाएको अवसरमा ड्रीज मर्टेन्सको प्रहारले पोस्टको दिशा लिन सकेन । आठौं मिनेटमा पिटर जिलेन्स्कीको प्रहारले गोलरक्षक मार्क आन्दर टेर स्टेगनलाई कुनै कष्ट दिएन ।

खेलको दशौँ मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता बनायो । कप्तान लिओनेल मेस्सीको प्रहार डिफ्लेक्ट हुँदै बाहिरीपछि पाएको कर्नरमा बार्सिलोना गोल गर्न सफल रहयो । इभान राकिटिचको कर्नर प्रहारमा क्लेमेन्ट लेङलेटको हेडर गोलमा परिणत भएको थियो । कर्नरका क्रममा नेपोलीका डिएगो डेम्मेलाई लेङलेटले धकेलेपनि रेफ्रीले भिएआरको सहायताले गोललाई मान्यता दिए । १४ औं मिनेटमा राकीटिचको प्रहारले पोस्टको दिशा लिन सकेन ।

२२ औं मिनेटमा कप्तान मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । नेपोलीको पेनाल्टी क्षेत्रबाहिर बल नियन्त्रणमा लिएका उनले सुरुवातमा तीन डिफेन्डरलाई बिट गर्दै लडेपछि त्यसै मुभमा दुई डिफेन्डरको बीचबाट गरेको प्रहार गोल भएको थियो । नेपोलीका गोलरक्षक डेविड ओस्पिनाले बल बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै बल गोल भएको थियो ।

३० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३-० ले अगाडी बढाएपनि भीएआरले गोललाई मान्यता दिएन । लुइस सुआरेजको प्रहार गोलरक्षक ओस्पिनाले बचाएपछि रिबाउन्ड फ्रेकी डे जोङको खुट्टामा पुगेको थियो । डे जोङले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उत्कृष्ट पास निकाल्दै मेस्सीलाई दिएपछि कप्तान मेस्सीले बल नियन्त्रणमा लिँदै गोलरक्षकलाई बिट गरे । बल नियन्त्रणमा लिने क्रममा मेस्सीले हातले बल छोएपछि गोलले मान्यता पाएको थिएन ।

खेलको ४१ औं मिनेटमा नेपोलीका कालिडु कौलिबालीले बल क्लियर गर्ने प्रयासमा मेस्सीलाई फल गर्न पुग्दा रेफ्रीले भीएआरको मदत लिँदै बार्सिलोनालाई पेनाल्टी दिए । मेस्सी र कौलिबालीको चोटका कारण खेल केहिबेर रोकिएपनि भीएआरको निर्णयपछि लुइस सुआरेजले पेनाल्टी लिए । सुआरेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-० ले अगाडी बढाए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा मिडफिल्डर राकीटिचले मर्टेन्सलाई लडाएपछि रेफ्रीले नेपोलीलाई पेनाल्टी दिए । कप्तान इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेलमा नेपालीको सम्भावना जिवितै राखे । अन्तिम समयमा जोसे क्यालेहोनले अवसर सदुपयोग गर्न नसक्दा नेपोलीले अन्तर घटाउने मौका गुमायो ।

पहिलो लेग १-१ को बराबरीमा सकिएकोले बार्सिलोना समग्रमा ४-२ ले अगाडी छ । अब नेपोलीले अर्को चरणमा पुग्न दोस्रो हाफमा कम्तिमा २ गोल गर्नुपर्ने अवस्था रहेको छ ।

अर्को खेलमा बायर्नले १० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । चेल्सीका गोलरक्षक विल्फ्रिड काबालेरोले लेवान्डोस्कीलाई लडाएपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । खेलको २४ औं मिनेटमा लेवान्डोस्कीकै पासमा इभान पेरिसिचले गोल गर्दै खेल २-० को स्थितिमा ल्याए ।

२८ औं मिनेटमा चेल्सीका क्यालम हड्सन ओदोईले गोल गरेपनि भिएआरले मुभ बनाउने क्रममा अफसाइड भएको कारण गोललाई मान्यता दिएन । ४४ औं मिनेटमा ट्यामी अब्राहामले गोल गर्दै चेल्सीलाई खेलमा फर्कने बाटो देखाएका थिए । पहिलो लेगमा ३-० को हार बेहोरेको चेल्सी समग्रमा ५-१ ले पछाडी परेको छ ।

April 24, 2024

एपिएफले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो सेट २५–२१ ले जितेको […]

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

April 24, 2024

साविक विजेता न्यु डायमण्डको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्लेयर अफ दि म्याच मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शनमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डले विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]

Success

Thank you for your time.