default_image

5 years ago

August 13, 2020

एटलान्टा विरुद्ध पीएसजी : सुरुवाती ११

161 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणको पहिलो खेलमा इटालियन क्लब एटलान्टा र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) खेल्दैछन् । दुवै टोलीको सुरुवाती रोजाईमा मुख्य फरवार्ड रहेका छैनन् ।

पीएसजीले चोटसँग संघर्ष गरिरहेका युवा फरवार्ड किलियन एमबाप्पेलाई बेन्चमा समेटेको छ । उनको अनुपस्थितिमा ब्राजिलियन नेयमार र अर्जेन्टिनी माउरो इकार्डीलाई स्पेनी मिडफिल्डर पाब्लो सराबियाले साथ दिनेछन् । मिडफिल्डको जिम्मेवारी आन्दर हरेरा र इड्रीसा गेयेसँगै मार्किन्हसले सम्हाल्नेछन् । मार्को भेराट्टी प्रतिबन्धका कारण उपलब्ध छैनन् ।

पीएसजीको डिफेन्समा कप्तान थियागो सिल्भा र प्रेस्नेल किम्पेम्बे मध्येभागमा रहेका छन् । लेफ्ट ब्याक जान बर्नाट र राइट ब्याकमा थिलो केहरारछन् । प्रशिक्षक थोमस टचेलले गोलरक्षकमा केलर नाभासले नै निरन्तरता पाएका छन् । डिफेन्डर लेभीन कुर्जावा पनि प्रतिबन्धका कारण बेन्चमा रहेका छैनन् ।

यता एटलान्टाले भने आफ्नो मुख्य फरवार्ड जोसिप इलिचिचको अनुपस्थितिमा मुख्य फरवार्डको जिम्मेवारी डुभान जपाटालाई सुम्पिएको छ । उनलाई कप्तान पापु गोमेज र मारियो पासालीचले सहयोग गर्नेछन् । मिडफिल्डमा रिमो फ्रुलर र मार्टेन डे रुन रहेका छन् ।

विङ्गब्याकका रुपमा हान्स हाटबोर र रोबिन गोसेन्स रहेका छन् । प्रशिक्षक जियान पिएरो गास्पेरिनीले तीन खेलाडी सम्मिलित डिफेन्समा राफाएल टोलोई, माटिया काल्डारा र बेराट जिम्सितीलाई खेलाएका छन् । गोलरक्षकमा मार्को स्पोर्टीएल्लोले खेल्नेछन् ।

खेल नेपाली समयानुसार १२:४५ बजे सुरु हुनेछ । यस खेलमा जित हासिल गर्ने टोलीले सेमिफाइनलमा एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

December 7, 2025

पुलिसलाई अर्जुनधारा महिला भलिबलको उपाधि

हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

Success

Thank you for your time.