default_image

5 years ago

August 13, 2020

पीएसजीविरुद्ध एटलान्टालाई अग्रता

208 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणको पहिलो खेलमा एटलान्टाले पहिलो हाफमा पीएसजीविरुद्ध १-० को अग्रता लिएको छ ।

खेलको तेस्रो मिनेटमा नै नेयमारले पीएसजीलाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । मैदानको मध्य भागबाट एक्लै बल अगाडी बढाएका नेयमारले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टभन्दा निकै टाढाबाट बाहिरिएको थियो । ११ औं मिनेटमा कप्तान पापु गोमेजको क्रसमा हान्स हाटेबोरको हेडरलाई गोलरक्षक केलर नाभासले डाइभ दिँदै एक हातले बचाए ।

खेलको १९ औं मिनेटमा पीएसजीले काउन्टर अट्याकमा अगाडि बढाएको मुभमा नेयमारको पास माउरो इकार्डीले बुझ्न नसक्दा फ्रान्सेली टोलीले अग्रता लिने अर्को अवसर गुमायो । नेयमारले तीव्र गतिमा बल अगाडि बढाउने क्रममा डिफेन्स लाइन बिट गर्दै दिएको पासलाई इकार्डीले पेनाल्टी क्षेत्रभित्रै रहेपनि बलसम्म पुग्ने प्रयास गरेनन् ।

खेलको २६ औं मिनेटमा मारियो पासलीचको गोलमा एटलान्टाले अग्रता लियो । पीएसजीको डिफेन्सले सामान्य क्लियरेन्स गर्न नसक्दा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका पासालिचले गोलरक्षक नाभासलाई उक्त प्रहार बचाउने कुनै अवसर दिएनन् । लगत्तै अर्कोतर्फ नेयमारले उत्कृष्ट मुभ बनाउँदै तीन डिफेन्डरलाई छलाएर पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो ।

३५ औं मिनेटमा नेयमारले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई गोलरक्षक स्पोर्टिएल्लोले दोस्रो प्रयासमा बचाए । त्यसको दुई मिनेटपछि नै नेयमारको फ्रिकिकमा रिबाउन्ड आएको बललाई सराबियाले क्रस गरेपनि गोलरक्षक स्पोर्टिएल्लो बाधक बने ।

४१ औं मिनेटमा सराबियाकै क्रसमा इकार्डी बलसम्म पुग्न सकेनन् । त्यसको एक मिनेट नबित्दै हाटेबोरले दिएको ब्याकपास नेयमारले पेनाल्टी क्षेत्रभित्र भेटेपनि गोलरक्षक मात्र भएको अवस्थामा उनको प्रहार आकासियो ।

यस खेलको विजेताले सेमिफाइनलमा एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगको खेलको विजेतासँग खेल्नेछ ।

December 7, 2025

पुलिसलाई अर्जुनधारा महिला भलिबलको उपाधि

हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

Success

Thank you for your time.