default_image

4 years ago

September 6, 2020

जमैकाको सुधारिएको ब्याटिङ

एजेन्सी – ओपनर जर्मेन ब्ल्याकवुड र आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले बार्बाडोस ट्राइडेन्सलाई १ सय ६२ रनको बलियो चुनौती दिएको छ । ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६१ रन बनायो […]

52 views

0 Bookmark

एजेन्सी – ओपनर जर्मेन ब्ल्याकवुड र आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले बार्बाडोस ट्राइडेन्सलाई १ सय ६२ रनको बलियो चुनौती दिएको छ ।

ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६१ रन बनायो । जमैका अलराउन्डर आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ४ चौका र ५ छक्का सहित ५४ रन जोड्दै टोलीलाई बलियो योगफलमा पुर्याए । अन्तिम ओभरको पाँचौ बलमा राशिद खानले रसेललाई विकेटकिपर जोनसन चाल्र्सबाट स्टम्पिङ आउट गराएका थिए ।

त्यसअघि राशिदकै १८ औं ओभरको अन्तिम बल ठूलो सट खेल्ने धुनमा रसेल मिस हुँदै स्टम्पमा लागेपनि बेल नखस्दा आउट भएनन् । जमैकाले ओपनर जर्मेन ब्ल्याकवुडलाई पहिलो पटक ओपनिङ गराएको थियो । टि२० क्रिकेटमा पहिलो पटक ओपनिङ गरेका ब्ल्याकवुडले उत्कृष्ट ब्याटिङ गर्दै सिपिएलमा पहिलो अर्ध शतक प्रहार गरे । ब्ल्याकवुडले ७४ रनको महत्वपूर्ण इनिङ खेले ।

१७ औं ओभरको चौथो बलमा कप्तान जेसन होल्डरले बोल्ड आउट गर्नुअघि ब्ल्याकवुडले ५९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । जमैकालाई ओपनर ब्ल्याकवुड र ग्लेन फिलिप्सले ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आठौं ओभरको तेस्रो बलमा फिलिप्सलाई जोशुवा विशोपले १७ रनमा क्याच आउट गराउँदै साझेदारी तोडे । १३ औं ओभरको तेस्रो बलमा आसिफ अलीलाई हेडन वाल्शले जोनसन चाल्र्सको हातबाट ५ रनमा समाताए ।

त्यसपछि मैदानमा आएका रसेलले ब्ल्याकवुडसँग मिलेर तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । कप्तान रोभमान पवेल ५ रनमा अविजित रहे ।

बार्बाडोसका जोशुवा विशोपले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । हेडन वाल्शले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट हात पारे । राशिद खानले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

पुलिससँग न्यु डायमण्डको हार

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल पुलिस क्लबले काठमाडौमा जारी केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा बिहीबारको दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टोलीलाई ३-१ को सेटमा हराउँदै फाइनल पुग्ने सम्भावना जिवित राखेको छ। पुलिस क्लबले न्यु डायमण्डलाई १८–२५,२५–२२, २५–२२ र २५–१८ ले […]

Success

Thank you for your time.