default_image

4 years ago

September 6, 2020

इंग्ल्यान्डलाई अष्ट्रेलियाको मध्यम लक्ष्य

एजेन्सी – तीन टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । साउथह्याप्टनमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रन बनायो । खराब सुरुवात गरेको अष्ट्रेलियालाई तल्लोक्रमका ब्याट्सम्यानले छोटो तर आक्रामक इनिङ खेल्दै मध्यम योगफलमा पुर्याए । प्याट कमिन्स […]

31 views

0 Bookmark

एजेन्सी – तीन टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ ।

साउथह्याप्टनमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रन बनायो । खराब सुरुवात गरेको अष्ट्रेलियालाई तल्लोक्रमका ब्याट्सम्यानले छोटो तर आक्रामक इनिङ खेल्दै मध्यम योगफलमा पुर्याए । प्याट कमिन्स ५ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे ।

अष्ट्रेलियाको सुरुवात खराब रह्यो । पहिलो ओभरको तेस्रो बलमै जोफ्रा आर्चरले ओपनर डेभिड वार्नरलाई जस बटलरबाट शून्यमा क्याच गराए । मार्क वुडले एलेक्स केरीलाई दोस्रो ओभरको पाँचौ बलमा २ रनमा क्याच आउट गराउँदा अष्ट्रेलिया २–३ को कम्जोर अवस्थामा थियो । स्मिथले अष्ट्रेलियालाई समाल्न खोजेपनि पाँचौ ओभरको अन्तिम बलमा १० रनमा रन आउट हुन पुगेपछि थप दबाबमा परेको थियो । स्मिथले एक रन लिने क्रममा इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले उत्कृष्ट रन आउट गरेका थिए । स्मिथले ७ बलमा समान १ चौका र छक्का प्रहार गरे ।

चौथो विकेटका लागि कप्तान आरोन फिन्च र मार्कस स्टोइनिसले ४९ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । फिन्चलाई १२ औं ओभरको अन्तिम बलमा क्रिस जोर्डनले ४० रनमा बोल्ड आउट गरे । एज लागेर बोल्ड आउट हुनुअघि फिन्चले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । स्टोइनिस १३ औं ओभरको अन्तिम बलमा २६ बलमा २ चौका र २ छक्का सहित ३५ रनमा क्याच आउट भए ।
स्पिनर आदिल राशिदको बलमा पहिलो सिलिपमा रहेका डेविड मलानले समातेपछि स्टोइनिस पेभिलिएन फर्केका थिए ।

ग्लेन म्याक्सवेल १७ बलमा १ चौका र १ छक्का सहित २६ रनमा क्याच आउट भए । छैटौं विकेटका लागि म्याक्सवेल र अगरले ४३ रनको साझेदारी गरेका थिए । तल्लोक्रममा एश्टन अगर २० बलमा २ चौका सहित २३ रनमा रन आउट भए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । आदिल राशिद, मार्क वुड र जोफ्रा आर्चरले १–१ विकेट लिए ।

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

Success

Thank you for your time.