default_image

4 years ago

September 8, 2020

सेमिफाइनलमा पनि चलेन जमैकाको ब्याटिङ

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पहिलो सेमिफाइनलमा जमैका तलावाजले ट्रीनबेगो नाइट राइडर्सलाई १ सय ८ रनको सामान्य लक्ष्य दिएको छ । पहिलो ब्याटिङमा उत्रिएको जमैकाले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ७ रन जोड्न सक्यो । टोलीका लागि एन्क्रुमा बोनरले ४२ तथा कप्तान रोभमान पावेलले ३३ रनको योगदान दिए । अन्य […]

24 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पहिलो सेमिफाइनलमा जमैका तलावाजले ट्रीनबेगो नाइट राइडर्सलाई १ सय ८ रनको सामान्य लक्ष्य दिएको छ ।

पहिलो ब्याटिङमा उत्रिएको जमैकाले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ७ रन जोड्न सक्यो । टोलीका लागि एन्क्रुमा बोनरले ४२ तथा कप्तान रोभमान पावेलले ३३ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा जमैकाले जेनतेन १ सय रनको आँकडा पार गर्यो ।

टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको जमैकाले खराब सुरुवात गर्यो । इनिङको पहिलो ओभरमा नै अकिल हुसेनले जर्मेन ब्लाकवुडलाई आउट गर्दै विकेट मेडन राखे । दोस्रो ओभरको दोस्रो बलमा नै ग्लेन फिलिप्स २ रन जोड्दै खरे पिएरको बलमा क्याच आउट भए । तेस्रो ओभरमा मुजिब उर रहमान खाता नखोली पेभेलियन फर्केपछि जमैका १०-३ को दयनीय स्थितिमा पुगेको थियो ।

जमैकाका लागि एन्क्रुमा बोनरले एकतर्फ इनिङ सम्हाल्दा अर्कोतर्फ विकेट झर्ने सिलिसिला भने रोकिएन । पाँचौ ओभरमा असिफ अली ४ रन जोड्दै होसेनको बलमा पोलार्डको हातबाट समातिए । कप्तान पावेल र बोनरले केहिबेर इनिङ सम्हालेपनि बोनर लामो समय टिक्न सकेनन् ।

१२ औं ओभरमा फवाद आलमको बलमा बोनर बोल्ड भए । उनले ४२ बलमा ५ चौकासहित ४१ रन जोडे । लगत्तै क्रिजमा आएका आन्द्रे रसल २ रनमा खेल्दा अम्पायरको खराब निर्णयको शिकार बने । उनको प्याडमा लाग्दै पछाडी गएको बललाई अम्पायरले कट बिहाइन्डको निर्णय दिए । उनी आउट हुँदा टोली ६८-६ को स्थितिमा थियो ।

कप्तान पावेल ३५ बलमा ३३ रन जोड्दै पिएरको शिकार बने । १ चौका र १ छक्क प्रहार गरेका उनलाई पोलार्डले क्याच आउट गरेका थिए । कार्लोस ब्रेथवेट २० बलमा १३ रन जोड्दै नटआउट रहे । विरसामी पर्मौलले नटआउट ३ रन जोडे ।

ट्रीनबेगोका लागि होसेनले ३ विकेट तथा पिएरले २ विकेट लिए । सुनिल नारायण र फवाद अहमदको नाममा पनि १-१ विकेट रहयो ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

पुलिससँग न्यु डायमण्डको हार

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल पुलिस क्लबले काठमाडौमा जारी केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा बिहीबारको दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टोलीलाई ३-१ को सेटमा हराउँदै फाइनल पुग्ने सम्भावना जिवित राखेको छ। पुलिस क्लबले न्यु डायमण्डलाई १८–२५,२५–२२, २५–२२ र २५–१८ ले […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

Success

Thank you for your time.