default_image

3 years ago

November 10, 2020

पन्त र कप्तान ऐर दिल्लीलाई सम्हाल्दै

एजेन्सी – कप्तान श्रेयस ऐर र विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट साझेदारीमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पूनरागमन गरेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले १३ ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनाएको छ । दिल्लीका ऋषभ पन्त ३० बलमा १ चौका र २ […]

54 views

0 Bookmark

एजेन्सी – कप्तान श्रेयस ऐर र विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट साझेदारीमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पूनरागमन गरेको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले १३ ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनाएको छ । दिल्लीका ऋषभ पन्त ३० बलमा १ चौका र २ छक्का सहित ४२ रनमा अविजित छन् । कप्तान श्रेयस ऐर ३० बलमा ४ चौका र १ छक्का सहित ३९ रनमा खेलि रहेका छन् । एक समय ३.३ ओभरमा २२-३ को अवस्थामा रहेको दिल्लीलाई चौथो विकेटका लागि ५७ बलमा ७७ रनको अविजित साझेदारी गर्दै राम्रो योगफलको बाटो देखाएका छन् ।

दिल्लीको सुरुवात भने खराब रह्यो । पहिलो बलमै ओपनर मार्कस स्टोइनिसलाई गुमाएको थियो । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको बलमा स्टोइनिस इनसाइड एज लाग्दै विकेटकिपर क्विन्टन डी ककबाट समातिन पुगेपछि गोल्डेन डग आउट पेभिलिएन फर्केका थिए ।

बोल्टले नै मुम्बईलाई दोस्रो सफलता दिलाए । तेस्रो ओभरको चौथो बलमा अजिक्या रहाने लेग साइडमा सट खेल्नेक्रममा एज लाग्दै २ रनमा डी ककबाट समातिन पुगेका थिए । जुन समय दिल्लीले १६ रन बनाएको थियो ।

चौथो ओभरको तेस्रो बलमा स्पिनर जयन्त यादवले अर्का ओनपर शिखर धवनलाई १५ रनमा बोल्ड आउट गरे । धवनले १३ बलमा ३ चौका प्रहार गरे । धवन आउट हुँदा दिल्ली २२–३ को कमजोर अवस्थामा पुगेको थियो ।

मुम्बईका ट्रेन्ट बोल्टले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका छन् । जयन्त यादवले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिएका छन् ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

अधिकारिक जर्सी नक्कल नगर्न केल्मीको सूचना

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड केल्मीको नेपालका लागि एकमात्र अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले केल्मीको अधिकारिक जर्सी नक्कल नगर्न सूचना जारी गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल क्रिकेट संघ (क्यान), नेपाल भलिबल संघ (एनभिए) लगायत विभिन्न खेलकुद संघसँग केल्मीले प्रायोजन सम्झौता गर्दै किट निर्माण गर्दै आएको छ । अर्को महिना […]

Success

Thank you for your time.