default_image

3 years ago

November 17, 2020

नेपाल विरुद्ध बंगलादेश (प्रत्यक्ष प्रसारण)

नेपाल विरुद्ध बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो खेलको प्रत्यक्ष प्रसारण हेर्नुहोस : नेपालको सुरुवाती ११ : किरण चेम्जोङ, अनन्त तामाङ, छिरिङ गुरुङ, विकास खवास, रजिन धिमाल, एरिक विष्ट, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, दर्शन गुरुङ, भरत खवास नेपाललाई सिरिज उपाधि जित्न यस खेलमा कम्तिमा दुई गोलको अन्तरले जित्नुपर्ने हुन्छ । त्योभन्दा कमजोर नतिजा हासिल गरे बंगलादेशले उपाधि जित्नेछ । स्कोर २-० नै भएको अवस्थामा खेल टाइब्रेकरमा जानेछ । खेल हेर्न यो लिंक थिचेर हेर्नुहोस प्रशिक्षक बालगोपाल […]

55 views

0 Bookmark

नेपाल विरुद्ध बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो खेलको प्रत्यक्ष प्रसारण हेर्नुहोस :

नेपालको सुरुवाती ११ : किरण चेम्जोङ, अनन्त तामाङ, छिरिङ गुरुङ, विकास खवास, रजिन धिमाल, एरिक विष्ट, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, दर्शन गुरुङ, भरत खवास

नेपाललाई सिरिज उपाधि जित्न यस खेलमा कम्तिमा दुई गोलको अन्तरले जित्नुपर्ने हुन्छ । त्योभन्दा कमजोर नतिजा हासिल गरे बंगलादेशले उपाधि जित्नेछ । स्कोर २-० नै भएको अवस्थामा खेल टाइब्रेकरमा जानेछ ।

खेल हेर्न यो लिंक थिचेर हेर्नुहोस

प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट पाँच खेलाडी परिवर्तन गरेका छन् । गोलरक्षकमा किरण चेम्जोङ नियमित रहेका छन् । डिफेन्डर अजित भण्डारीको स्थानमा छिरिङ गुरुङ टोलीमा आएका छन् । छिरिङले यससँगै राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।

डिफेन्समा अनन्त तामाङ, विकास खवासले निरन्तरता पाएका छन् । सुमन अर्यालको स्थानमा रजिन धिमाल टोलीमा फर्केका छन् । रजिनले कोरोना संक्रमणका कारण अघिल्लो खेल गुमाएका थिए ।

मिडफिल्डमा अघिल्लो खेलमा डेब्यु गरेका एरिक विष्ट र तेज तामाङ रहेका छन् । एरिकले विक्रमको स्थानमा खेल्न लागेका हुन् । विंगर रवि पासवानको स्थानमा दर्शन गुरुङले पहिलो रोजाइमा अवसर पाएका छन् । यस्तै अन्जन विष्ट र सुजल श्रेष्ठ नियमित छन् ।

आक्रमणमा नवयुग श्रेष्ठको स्थानमा उनकै क्लबका सहकर्मी भरत खवासले खेल्दैछन् । भरतले नै टोलीको कप्तानी समेत सम्हाल्नेछन् । अघिल्लो खेलमा भरत बेन्चमा रहँदा किरणले टोलीको कप्तानी सम्हालेका थिए ।

April 19, 2024

कर्णालीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ। आज कर्णालीले सुदूर पश्चिम प्रदेशलाई ६ विकेटले माथ दियो। कर्णालीको जितमा अर्जुन घर्तीले सर्वाधिक ३७ रन बनाए। जितको लागि १ सय ४४ रनको विजय लक्ष्य पछाएको कर्णाली प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। सुरूवात कर्णालीले राम्रो गन […]

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

Success

Thank you for your time.