default_image

3 years ago

November 22, 2020

पहिलो हाफमा एटलेटिकोलाई अग्रता

एजेन्सी – गोलरक्षक मार्क आन्देर टेर स्टेगनले गम्भीर गल्ती गरेपछि एटलेटिको म्याड्रिडले  स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलको चौथो मिनेटमा नै बार्सिलोनाले अग्रता लिने अवसर गुमायो । ओस्मान डेम्बेलेको पासमा एन्टोइन ग्रिजमनको प्रहार पोस्टभन्दा माथि गएको थियो । लगत्तै अर्कोतर्फ साउल निगुएजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पार्दै खेल गोलरहित राखे । दशौं मिनेटमा एन्जल कोर्रियाको पासमा मार्कोस लोरेन्टेको प्रहार क्रसबारमा […]

47 views

0 Bookmark

एजेन्सी – गोलरक्षक मार्क आन्देर टेर स्टेगनले गम्भीर गल्ती गरेपछि एटलेटिको म्याड्रिडले  स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

खेलको चौथो मिनेटमा नै बार्सिलोनाले अग्रता लिने अवसर गुमायो । ओस्मान डेम्बेलेको पासमा एन्टोइन ग्रिजमनको प्रहार पोस्टभन्दा माथि गएको थियो । लगत्तै अर्कोतर्फ साउल निगुएजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पार्दै खेल गोलरहित राखे ।

दशौं मिनेटमा एन्जल कोर्रियाको पासमा मार्कोस लोरेन्टेको प्रहार क्रसबारमा लागेर बहिरिंदा एटलेटिको अग्रता लिनबाट चुकेको थियो । त्यसअघि कोर्रियाकै क्रसलाई पिकेले गोलपोस्ट अगाडी क्लियर गर्दै खतरा टारेका थिए । १३ औं मिनेटमा लिओनेल मेस्सीको चिप प्रहार पोस्टभन्दा थोरैले बाहिरिंदा खेल बराबरीमा नै रहयो ।

४० औं मिनेटमा बार्सिलोनाका कप्तान मेस्सीले अग्रता दिलाउने अर्को अवसर चुकाए । जोर्डी अल्बाले डिफेन्स लाइनलाई बिट गर्दै निकालेको पासमा मेस्सीले वन भर्सेस वनमा फितलो प्रहार गरेपछि गोलरक्षक जान ओब्लाकले सहज बचाउ गरे ।

पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा यानिक फरेरा करास्कोले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए । काउन्टर अट्याकमा अघि बढेको एटलेटिकोका लागि करास्कोले झन्डै ४० यार्ड टाढाबाट खाली पोस्टमा गोल गरे । एन्जल कोर्रियाले मिडफिल्डबाट डिफेन्सलाई बिट गरेर दिएको पास लिन निकै अघि बढेका गोलरक्षक टेर स्टेगनलाई करास्कोले नटमेग गरेपछि खाली पोस्टमा गोल गरेका थिए ।

यो पनि : पहिलो हाफमै रोनाल्डोको दुई गोल

April 25, 2024

अधिकारिक जर्सी नक्कल नगर्न केल्मीको सूचना

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड केल्मीको नेपालका लागि एकमात्र अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले केल्मीको अधिकारिक जर्सी नक्कल नगर्न सूचना जारी गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल क्रिकेट संघ (क्यान), नेपाल भलिबल संघ (एनभिए) लगायत विभिन्न खेलकुद संघसँग केल्मीले प्रायोजन सम्झौता गर्दै किट निर्माण गर्दै आएको छ । अर्को महिना […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

Success

Thank you for your time.