default_image

3 years ago

November 22, 2020

पहिलो हाफमै रोनाल्डोको दुई गोल

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत पहिलो हाफमा काग्लियारीविरुद्ध २-० को अग्रता लिएको छ । खेलको ३७ औं मिनेटमा रोनाल्डोले युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । अल्भारो मोराटाले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै रोनाल्डोले दुई डिफेन्डरलाई छलाउँदै गोल गरेका थिए । त्यसअघि फेडेरिको बर्नार्डेस्कीले […]

39 views

0 Bookmark

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत पहिलो हाफमा काग्लियारीविरुद्ध २-० को अग्रता लिएको छ ।

खेलको ३७ औं मिनेटमा रोनाल्डोले युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । अल्भारो मोराटाले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै रोनाल्डोले दुई डिफेन्डरलाई छलाउँदै गोल गरेका थिए ।

त्यसअघि फेडेरिको बर्नार्डेस्कीले गोल गरेपनि असिस्ट दिएका मोराटा अफसाइड देखिएपछि रेफ्रीले गोललाई मान्यता दिएनन् । बर्नार्डेस्कीकै पेनाल्टी क्षेत्रबाहिरको प्रहारलाई काग्लियारीका गोलरक्षक क्राग्नोले विफल पारेका थिए ।

त्यसको ४ मिनेटपछि नै रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर पारे । जुआन क्वाडराडोको कर्नरलाई मेरिह डेमीरालले हेडर गरेपछि आएको बललाई फार पोस्टमा अनमार्क रहेका रोनाल्डोले गोलमा परिणत गरे ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

Success

Thank you for your time.