काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेशले खराब सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा फाइनल प्रवेशका लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बागमतीले सुरुवाती ११ ओभरमा ५ विकेट गुमाउँदै ३१ रन बनाएको छ । एक रन जोड्न प्रमुख चार ब्याट्सम्यान गुमाएपछि बागमतीको सुरुवात लज्जास्पद छ ।
विक्रम सोबले पहिलो ओभरको तेस्रो बलमा ओपनर आकाश थापालाई हरि चौहानबाट शून्यमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । छैटौं ओभरको दोस्रो बलमा जितेन्द्र मुखियाले अर्का ओपनर आदिल खानलाई १० रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराएपछि लगातार विकेट गुमाउन पुगेको थियो । लगत्तै सातौं ओभरको दोस्रो बलमा विक्रमले पृथु बास्कोटालाई एक रनमा एलविडब्लू आउट गरे ।
आठौं ओभरको पहिलो बलमा विभत्सु थापालाई मुखियाले ४ रनमा राजेश पुलामीबाट क्याच गराए । तीन बलपछि ईशान पान्डे शून्यमा एलबिडब्लू आउट भएपछि बागमती १८–५ को कमजोर अवस्थामा पुगेको थियो ।
बागमतीका कप्तान ज्ञानेन्द्र मल्ल ५ र विपिन आचार्य ४ रनमा क्रिजमा छन् ।