default_image

3 years ago

May 29, 2021

गोल खाएको एक मिनेटमै नेपालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इराकविरुद्ध मैत्रीपूर्ण खेलमा गोल खाएको एक मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ । छैटौं मिनेटमा पछि परेको नेपालले सातौं मिनेटमा नै गोल फर्काउन सफल रहयो । १४ मिनेटको समयमा खेल १-१ को बराबरीमा रहेको छ । खेलको दोस्रो मिनेटमा नै कर्नरमा हेडीङ गर्ने क्रममा विपक्षी खेलाडीको टाउकोमा जुध्दा मुख्य डिफेन्डर रोहित चन्द घाइते हुन पुगेका थिए । खेलको सातौं मिनेटमा […]

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इराकविरुद्ध मैत्रीपूर्ण खेलमा गोल खाएको एक मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ । छैटौं मिनेटमा पछि परेको नेपालले सातौं मिनेटमा नै गोल फर्काउन सफल रहयो । १४ मिनेटको समयमा खेल १-१ को बराबरीमा रहेको छ ।

खेलको दोस्रो मिनेटमा नै कर्नरमा हेडीङ गर्ने क्रममा विपक्षी खेलाडीको टाउकोमा जुध्दा मुख्य डिफेन्डर रोहित चन्द घाइते हुन पुगेका थिए । खेलको सातौं मिनेटमा नै इराकले सुरुवाती अग्रता बनायो । कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा गोल गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो ।

तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रहयो । इराकका खेलाडी गोलको खुसियाली मनाएर संयम हुन नपाउँदै गरेको आक्रमणमा अन्जन विष्टको प्रहार क्लियर गर्ने धुनमा खलाफको प्रहार आफ्नो पोस्टमा छिरेको थियो ।

१३ औं मिनेटमा अन्जनले डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गरेको प्रहारलाई गोलरक्षक फाहद तालिम रहिमले बचाए ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मैत्रीपूर्ण खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीलाई डेब्युको अवसर दिएका थिए । दुवै खेलाडी पहिलो पटक टोलीमा परेसँगै डेब्यु गर्न सफल भएका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई ४-३-३ को रणनीतिमा उतार्दा  गोलरक्षकमा किरण चेम्जोङ रहेर टोलीको कप्तानी गरे । सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडी तथा विंगब्याकमा गौतम र सुमन अर्याल छन् ।

मिडफिल्डमा रक्षात्मक भूमिकामा पुजन उपरकोटी रहेका छन् । सन्तोष तामाङ र मनिष डाँगीले उनलाई साथ दिएका छन् । आक्रमणमा अन्जन विष्ट, सुमन लामा र नवयुग श्रेष्ठ छन् ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

अधिकारिक जर्सी नक्कल नगर्न केल्मीको सूचना

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड केल्मीको नेपालका लागि एकमात्र अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले केल्मीको अधिकारिक जर्सी नक्कल नगर्न सूचना जारी गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल क्रिकेट संघ (क्यान), नेपाल भलिबल संघ (एनभिए) लगायत विभिन्न खेलकुद संघसँग केल्मीले प्रायोजन सम्झौता गर्दै किट निर्माण गर्दै आएको छ । अर्को महिना […]

Success

Thank you for your time.