default_image

3 years ago

May 29, 2021

मनिषको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – इराक र नेपालबीच जारी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ । मनिषको गोलमा नेपाल २-१ ले अघि बढेको हो । खेलको दोस्रो मिनेटमा नै कर्नरमा हेडीङ गर्ने क्रममा विपक्षी खेलाडीको टाउकोमा जुध्दा मुख्य डिफेन्डर रोहित चन्द घाइते हुन पुगेका थिए । खेलको सातौं मिनेटमा नै इराकले सुरुवाती अग्रता […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इराक र नेपालबीच जारी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ । मनिषको गोलमा नेपाल २-१ ले अघि बढेको हो ।

खेलको दोस्रो मिनेटमा नै कर्नरमा हेडीङ गर्ने क्रममा विपक्षी खेलाडीको टाउकोमा जुध्दा मुख्य डिफेन्डर रोहित चन्द घाइते हुन पुगेका थिए । खेलको सातौं मिनेटमा नै इराकले सुरुवाती अग्रता बनायो । कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा गोल गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो ।

तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रहयो । इराकका खेलाडी गोलको खुसियाली मनाएर संयम हुन नपाउँदै गरेको आक्रमणमा अन्जन विष्टको प्रहार क्लियर गर्ने धुनमा खलाफको प्रहार आफ्नो पोस्टमा छिरेको थियो ।

१३ औं मिनेटमा अन्जनले डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गरेको प्रहारलाई गोलरक्षक फाहद तालिम रहिमले बचाए । त्यस लगत्तै इराकले केहि मुभ सिर्जना गरेपनि नेपालको डिफेन्स चिर्न सकेन । सुरुवाती १५ मिनेटपछि खेलको गति केहि सुस्त हुँदा इराकले बल पोसेसनमा पकड जमाउन सुरु गरेको थियो ।

२७ औं मिनेटमा किरणले क्रसमा आएको हेडरलाई बचाउँदै खेल १-१ को बराबरीमा राखे । त्यसकै काउन्टरमा सिर्जना भएको आक्रमणमा मनिष डाँगीले पेनाल्टी क्षेत्रबाहिर बल नियन्त्रण गर्न खोज्दा ह्याण्ड भएपछि नेपालको आशालाग्दो आक्रमण रोकिएको थियो । नेपालले खेलको ३० औं मिनेटमा मनिषको गोलमा अग्रता लियो । उनले सन्तोष तामाङको चलाखीपूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोल गरेका थिए । गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गरेका थिए । 

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मैत्रीपूर्ण खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीलाई डेब्युको अवसर दिएका थिए । दुवै खेलाडी पहिलो पटक टोलीमा परेसँगै डेब्यु गर्न सफल भएका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई ४-३-३ को रणनीतिमा उतार्दा  गोलरक्षकमा किरण चेम्जोङ रहेर टोलीको कप्तानी गरे । सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडी तथा विंगब्याकमा गौतम र सुमन अर्याल छन् ।

मिडफिल्डमा रक्षात्मक भूमिकामा पुजन उपरकोटी रहेका छन् । सन्तोष तामाङ र मनिष डाँगीले उनलाई साथ दिएका छन् । आक्रमणमा अन्जन विष्ट, सुमन लामा र नवयुग श्रेष्ठ छन् ।

April 24, 2024

एपिएफले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो सेट २५–२१ ले जितेको […]

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

April 24, 2024

साविक विजेता न्यु डायमण्डको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्लेयर अफ दि म्याच मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शनमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डले विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]

Success

Thank you for your time.