default_image

3 years ago

June 11, 2021

नेपाल विरुद्ध अष्ट्रेलिया – प्रत्यक्ष प्रसारण

एजेन्सी – नेपालले विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्दैछ । खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गरिरहेको छ । लाइभ हेर्न यहाँ थिच्नुहोस । कान्तिपुर टिभी लाइभ प्रशिक्षक अलमुताइरीले मिडफिल्डमा दुई सहित कुल ५ खेलाडी परिवर्तन गरेका हुन् । विशाल राई र एरिक विष्ट मिडफिल्डमा आउँदा डिफेन्समा गौतम श्रेष्ठ र आक्रमणमा नवयुग श्रेष्ठ र सुनिल बल टोलीमा छन् । पछिल्लो खेलबाट अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन् । विकास खवास […]

79 views

0 Bookmark

एजेन्सी – नेपालले विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्दैछ ।

खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गरिरहेको छ । लाइभ हेर्न यहाँ थिच्नुहोस ।

कान्तिपुर टिभी लाइभ

प्रशिक्षक अलमुताइरीले मिडफिल्डमा दुई सहित कुल ५ खेलाडी परिवर्तन गरेका हुन् । विशाल राई र एरिक विष्ट मिडफिल्डमा आउँदा डिफेन्समा गौतम श्रेष्ठ र आक्रमणमा नवयुग श्रेष्ठ र सुनिल बल टोलीमा छन् । पछिल्लो खेलबाट अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन् । विकास खवास चोटका कारण बेन्चमा पनि रहेका छैनन् ।

गोलरक्षकमा कप्तान किरण चेम्जोङ तथा सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले नै निरन्तरता पाएका छन् । अघिल्लो खेलमा विकास घाइते भएपछि डिफेन्समा झरेका सुमनले आज सोहि पोजिसनमा रहेर सुरुवात गर्नेछन् । दीनेश राजवंशीको स्थानमा गौतम श्रेष्ठले राइट ब्याक सम्हाल्नेछन् ।

मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक विष्ट र विशाल राईले साथ दिनेछन् । आक्रमणमा अन्जन विष्ट बेन्चमा रहेका छन् । नवयुग श्रेष्ठले सुमन लामा र सुनिल बलको साथ पाउनेछन् ।

यो पनि : नेपाल विरुद्ध अष्ट्रेलिया : सम्पूर्ण जानकारी

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.