default_image

3 years ago

June 29, 2021

इंग्ल्यान्डको एक र जर्मनीको दुई परिवर्तन

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलका लागि इंग्ल्यान्डले पछिल्लो खेलबाट एक खेलाडी परिवर्तन गर्दा जर्मनीले फरवार्ड टिमो वेर्नरसहित दुई परिवर्तन गरेको छ । इंग्ल्यान्डले पछिल्लो खेलमा उच्च प्रदर्शन गरेका ज्याक ग्रिलिसलाई बेन्चमा राख्दै काइरन ट्रीपिएरलाई पहिलो रोजाइमा खेलाएको छ । प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो रणनीति परिवर्तन गर्ने क्रममा विंगर ग्रिलिसको […]

35 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलका लागि इंग्ल्यान्डले पछिल्लो खेलबाट एक खेलाडी परिवर्तन गर्दा जर्मनीले फरवार्ड टिमो वेर्नरसहित दुई परिवर्तन गरेको छ ।

इंग्ल्यान्डले पछिल्लो खेलमा उच्च प्रदर्शन गरेका ज्याक ग्रिलिसलाई बेन्चमा राख्दै काइरन ट्रीपिएरलाई पहिलो रोजाइमा खेलाएको छ । प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो रणनीति परिवर्तन गर्ने क्रममा विंगर ग्रिलिसको स्थानमा विंगब्याक ट्रीपीएरलाई टोलीमा समेटेका हुन् । यससँगै इंग्ल्यान्डले ३ खेलाडीलाई सेन्टर ब्याकको भूमिकामा प्रयोग गर्ने देखिन्छ ।

यता जर्मनीले भने चोटका कारण फिट नरहेका मिडफिल्डर इल्काए गुन्डोगनको स्थानमा लिओन गोरेट्जकालाई उतारेको छ । कमजोर प्रदर्शन गरेका फरवार्ड सर्ज गनाब्रीको स्थानमा वेरनर सुरुवाती रोजाइमा रहेका छन् । जर्मनीले आफ्नो नियमित ३-४-२-१ रणनीतिमा नै खेल्दैछ ।

इंग्ल्यान्ड सुरुवाती ११ : (३-४-३)

जोर्डन पिकफर्ड (गोलरक्षक) : काइल वाल्कर, ह्यारी मगाएर, जोन स्टोन्स : काइरान ट्रीपिएर, काल्भिन फिलिप्स, डेक्लन राइस, लुक शा : बुकायो साका, ह्यारी केन, रहिम स्टर्लिङ

जर्मनी सुरुवाती ११ : (३-४-२-१)

म्यानुएल नोएर (गोलरक्षक) : माथिअस जिन्टर, म्याट्स हमल्स, एन्टोनियो रुडीगर : रोबिन गोसेन्स, टोनी क्रुस, लिओन गोरेट्जका, जोशुवा किम्मिख : थोमस मुलर, काइ हाभर्ट्ज : टिमो वेर्नर

समूह चरणमा अपराजित रहेको इंग्ल्यान्ड ग्रुप अफ डेथ पार गरेको जर्मनीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छ । तर इतिहास इंग्ल्यान्डको पक्षमा छैन । इंग्ल्यान्डले १९६६ को विश्व्क्काओ फाइनलयता जर्मनीलाई ठूलो प्रतियोगितामा हराउन सकेको छैन । घरेलु मैदान वेम्बलीमा ४० हजार समर्थकको उपस्थिति हुने खबरले पनि इंग्ल्यान्ड थप हौसिएको छ ।

इंग्ल्यान्डले हालसम्म एक पटक मात्र युरोको नकआउट चरणको खेल जितेको छ । सन् १९६६ मा स्पेनलाई पेनाल्टीमा हराउनु नै इंग्ल्यान्डको यस प्रतियोगिताको एकमात्र नकआउट जित हो । उक्त प्रतियोगितामा इंग्ल्यान्ड जर्मनीसँग नै पेनाल्टीमा पराजित भएको थियो । पछिल्लो संस्करणमा इंग्ल्यान्ड राउन्ड अफ १६ मा आइसल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो ।

जर्मनीले इंग्ल्यान्डविरुद्ध वेम्बलीमा खेलेको पछिल्लो ७ खेलमध्य ५ खेल जितेको छ । प्रशिक्षक जोकिम लोका लागि हार बेहोरेमा यो नै अन्तिम खेल हुनेछ । यस प्रतियोगितापछि हान्सी फ्लिकले टोलीको प्रशिक्षकको जिम्मेवारी लिनेछन् । समूह चरणमा उतारचढावले भरिएको प्रदर्शन गरेको जर्मनी अब भने एकरुपता चाहन्छ ।

इंग्ल्यान्डले समूह चरणमा अपराजित रहने क्रममा कुनै गोल खाएन । प्रतियोगितामा हालसम्म गोल नखाने एकमात्र टोली इंग्ल्यान्ड हो । पहिलो खेलमा क्रोएसियालाई र अन्तिममा चेक रिपब्लिकलाई हराएको इंग्लिस टोली स्कटल्यान्डविरुद्ध भने गोलरहित बराबरीमा रोकिएको थियो ।

यता जर्मनी समूह चरणको अन्तिम खेलमा प्रतियोगिताबाट नै बाहिरिने संघारमा थियो । लिओन गोरेट्जकाले खेल सकेन ६ मिनेटअघि गरेको बराबरी गोलमा जर्मन टोलीले अन्तिम १६ को यात्रा तय गरेको थियो । समूह चरणको सबै खेल म्युनिखमा खेलेको बायर्न पहिलो पटक घरबाहिर खेल्दैछ ।

यस खेलमा जित हासिल गर्ने टोलीले क्वाटरफाइनलमा युक्रेन र स्वीडेनको विजेतासँग खेल्नेछ । त्यस्तै फाइनल यात्राका लागि सेमिफाइनलमा पनि चेक रिपब्लिक र डेनमार्कको विजेतासँग खेल्नुपर्ने छ । त्यसैले पनि यस खेलमा जित हासिल गर्ने टोलीका लागि फाइनल यात्रा केहि सहज हुने देखिन्छ ।

April 19, 2024

कर्णालीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ। आज कर्णालीले सुदूर पश्चिम प्रदेशलाई ६ विकेटले माथ दियो। कर्णालीको जितमा अर्जुन घर्तीले सर्वाधिक ३७ रन बनाए। जितको लागि १ सय ४४ रनको विजय लक्ष्य पछाएको कर्णाली प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। सुरूवात कर्णालीले राम्रो गन […]

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

Success

Thank you for your time.