default_image

4 years ago

July 1, 2021

गोपीको सहभागिताबारे तीन पक्षको संयुक्त स्पष्टीकरण

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- टोकियो २०२० ओलम्पिक अन्तर्गत म्याराथनमा सहभागिता जनाउने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीले ओलम्पिकमा सहभागिता जनाउन नपाउने विषयमा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि र नेपाल एथलेटिक्स संघले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिका अनुसार म्याराथनमा गोपीको नाम पठाउनुका साथै तयारीका लागि आवश्यक प्रशिक्षणको पनि व्यवस्था मिलाइएको थियो । तर नेपालले स्थान पाएको युनिभार्सलिटि प्लेस मार्फत ओलम्पिकमा सहभागीता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अर्न्तराष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने भएको हुँदा म्याराथनको हकमा कोटा भन्दा धेरै आवेदन परेपछि गोपी सहभागी हुन नपाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाललाई म्याराथनमा नभई एथलेटिक्सको महिला विधाको १०० मी. दौडमा कोटा छुट्याइको जानकारी प्राप्त भएको समेत विज्ञप्तिमा जनाइएको छ । नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सम्बन्धित निकायहरुमा गोपीको सहभागीतका लागि अथक प्रयास गरेपनि सम्भव नभएको उल्लेख गरिएको छ ।

नेपालको लागि दिइएको कोटा अनुसार सरस्वती चौधरीले अब टोकियो ओलम्पिकको महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

यो पनि : ओलम्पिकमा नाटकीय मोड : गोपीको ठाउँमा सरस्वतीले ओलम्पिक खेल्ने!

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.