default_image

3 years ago

July 2, 2021

स्विट्जरल्यान्ड र स्पेनको खेल अतिरिक्त समयमा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत स्पेन र स्विट्जरल्यान्डबीच जारि पहिलो क्वाटरफाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ । स्पेनको पहिलो हाफको अग्रतालाई दोस्रो हाफमा स्विट्जरल्यान्डले फर्काएपछि खेल १-१ को बराबरीमा रहँदै अतिरिक्त समयमा पुगेको हो । खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएर आक्रमण बुनेको स्पेनले आठौं मिनेटमा नै अग्रता लिएको थियो । काउन्टर अट्याकमा […]

56 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत स्पेन र स्विट्जरल्यान्डबीच जारि पहिलो क्वाटरफाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ । स्पेनको पहिलो हाफको अग्रतालाई दोस्रो हाफमा स्विट्जरल्यान्डले फर्काएपछि खेल १-१ को बराबरीमा रहँदै अतिरिक्त समयमा पुगेको हो ।

खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएर आक्रमण बुनेको स्पेनले आठौं मिनेटमा नै अग्रता लिएको थियो । काउन्टर अट्याकमा केहि अवसर पाएको स्विस टोलीका लागि मुख्य फरवार्ड ब्रिल एम्बोलो घाइते हुँदा थप असर परेको थियो । स्विस टोलीले काउन्टरमा केहि अवसर सिर्जना गरेपनि स्पेनिस गोलरक्षकलाई खासै समस्या दिन सकेन ।

दोस्रो हाफमा स्पेनले एकपछि अर्को आक्रमण बुनेपनि संयमित स्विस डिफेन्सले गोलरक्षकलाई खासै समस्या दिएन । स्पेनका सेन्टर डिफेन्डरबीच तालमेल नमिल्दा पेनाल्टी क्षेत्रभित्र स्विट्जरल्यान्डले बल पोसेसन पाएपछि कप्तान जेर्दान शकिरीले टोलीलाई अग्रता दिलाएका थिए । तर अन्तिम समयमा असिस्ट दिएका रेमो फ्रुएलर नै रातो कार्ड खाएपछि स्विट्जरल्यान्ड दबाबमा छ ।

खेलको आठौं मिनेटमा नै स्पेनले अग्रता लिएको थियो । कर्नरमा कोकेको प्रहार पेनाल्टी क्षेत्रमा रहेका सबैलाई बिट गर्दै गएपछि पेनाल्टी क्षेत्र बाहिर रहेका जोर्डी अल्बाले गरेको प्रहार गोल भएको थियो । उनको प्रहार स्विट्जरल्यान्डका डेनिस जाकारियालाई लाग्दै पोस्टतर्फ गएपछि गोलरक्षक यान सोमरले उक्त प्रहार रोक्ने कुनै अवसर नै पाएनन् ।

१७ औं मिनेटमा कोकेको फ्रिकिक प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो । २५ औं मिनेटमा कोकेकै कर्नरमा सेजार एज्पिलीक्वेटा हेडरलाई सोमरले सहजै बचाए । ३४ औं मिनेटमा कप्तान जेर्दान शाकिरीको कर्नरमा म्यानुएल अकान्जीको हेडरले पोस्टको दिशा लिन सकेन । ३९ औं मिनेटमा शकिरिकै कर्नरमा विडमरले बलसँग राम्रो सम्पर्क गर्न नसक्दा स्विस टोलीले खेलमा फर्कने अवसर गुमायो ।

दोस्रो हाफमा स्पेनले ६८ औं मिनेटमा बराबरी गोल फर्कायो । स्पेनका सेन्टर डिफेन्डर द्वय पाउ टोरेस र एमेरिक लापोर्टबीच तालमेल नमिल्दा फुस्किएको बल फ्रुएलरले नियन्त्रणमा लिँदै शाकिरिलाई खेलाएका थिए । कप्तान शाकिरीले आफ्नो समय लिँदै गरेको फिनिस गोल भएपछि खेल बराबरीमा आएको थियो ।

अग्रता लिएको १० मिनेट नबित्दै स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित भयो । फ्रुएलरले जेरार्ड मोरेनोलाई गरेको ट्याकलमा रेफ्री माइकल ओलिभरले सिधै रातो कार्ड देखाएपछि स्विस टोली दबाबमा परेको थियो । स्पेनले त्यसपछि आक्रामणमा थप जोड दिएपनि सोमरले दुई राम्रो बचाउ गर्दै खेल अतिरिक्त समयमा पुर्याए ।

यस खेलको विजेताले युरोको सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग खेल्नेछ । यो दोस्रो क्वाटरफाइनल खेल आज मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

आइपिएलमा दिल्लीसँग गुजरातको हार

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । दिल्लीले बुधबार गुजरात टाइटेन्सलाई ६ विकेटले हराएको छ । टस जितेर फिल्डिङ रोज्ने दिल्लीको निर्णय सहि साबित भएको थियो । ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर ९२ रन बनाएको थियो । दिल्लीका लागि […]

Success

Thank you for your time.