default_image

3 years ago

September 10, 2021

बलिङमा नेपालको राम्रो सुरुवात

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा बलिङमा राम्रो सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ३४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पिएनजीले सुरुवाती ७ ओभरमा २ विकेट गुमाउँदै २७ रन बनाएको छ । पिएनजीका ओपनर टोनी उरा १६ रनमा अविजित छन् […]

29 views

0 Bookmark

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा बलिङमा राम्रो सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ३४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पिएनजीले सुरुवाती ७ ओभरमा २ विकेट गुमाउँदै २७ रन बनाएको छ ।

पिएनजीका ओपनर टोनी उरा १६ रनमा अविजित छन् । चार्ल्स अमिनी ५ रनमा अविजित छन् । ओपनर लेगा सियाकालाई तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको तेस्रो बलमा ४ रनमा बोल्ड आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अर्का तीव्र गातिका बलर विक्रम सोबले कप्तान असाद भालालाई चौथो ओभरको पाँचौं बलमा विकेटकिपर विनोद भण्डारीबाट एक रनमा क्याच गराउँदै पिएनजीलाई ११-२ को अवस्थामा पुर्याएका थिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भएको थियो । नेपालका लागि युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको योगदान दिए । करण केसीले तल्लोक्रममा २६ बलमा २ चौका र ४ छक्का सहित ४२ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ७० बलमा ३ चौका र २ छक्का सहित ४५ रनमा आउट भएका थिए ।

नेपालले पहिलो खेलमा पिएनजीलाई २ विकेटले पराजित गरेको थियो । नेपालले पहिलो पटक डे नाइट ओडिआई खेल खेलिरहेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजको तयारीको लागि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेलेको हो ।

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

Success

Thank you for your time.