default_image

3 years ago

September 10, 2021

सन्दीपको घातक बलिङसँगै नेपाल जिततर्फ अग्रसर

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित काठमाडौं (हाम्रो खेलकुद) – लेगस्पिनर सन्दीप लाछिमानेको घातक बलिङमा नेपाल पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा जिततर्फ अघि बढेको छ । नेपालले प्रस्तुत गरेको २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजीले १६ ओभरमा ६ विकेट गुमाउँदै ६५ रन बनाएको छ । पिएनजीका गौडी टोका ९ रनमा अविजित […]

69 views

0 Bookmark

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित

काठमाडौं (हाम्रो खेलकुद) – लेगस्पिनर सन्दीप लाछिमानेको घातक बलिङमा नेपाल पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा जिततर्फ अघि बढेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजीले १६ ओभरमा ६ विकेट गुमाउँदै ६५ रन बनाएको छ । पिएनजीका गौडी टोका ९ रनमा अविजित छन् । ओपनर लेगा सियाकालाई तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको तेस्रो बलमा ४ रनमा बोल्ड आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

अर्का तीव्र गातिका बलर विक्रम सोबले कप्तान असाद भालालाई चौथो ओभरको पाँचौं बलमा विकेटकिपर विनोद भण्डारीबाट एक रनमा क्याच गराउँदै पिएनजीलाई ११–२ को अवस्थामा पुर्याए । दशौं ओभरको चौथो बलमा टोनी उरालाई रोहितले १९ रनमा रन आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए । उराले ३५ बलमा २ चौका प्रहार गरे ।

त्यसपछि सन्दीपले तीन विकेट लिँदै नेपाललाई सहज जिततर्फ अघि बढाएका थिए । सन्दीपले १२ औं ओभरको दोस्रो बलमा चार्ल्स अमिनीलाई १६ रनमा एलबीडब्लू आउट गरे । अमिनिले २५ बलमा १ चौका प्रहार गरे । सन्दीपले विकेटकिपर किप्लिङलाई ४ रनमा बोल्ड आउट गर्दा पिएनजी १३.४ ओभरमा ५२–५ को दयनीय अवस्थामा पुगेको थियो ।

सन्दीपले १६ औं ओभरको अन्तिम बलमा सेसे बाउलाई ११ रनमा बोल्ड आउट गरेपछि नेपाल जिततर्फ उन्मुख भएको छ । स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ५ रन खर्चेर ४ विकेट लिएका छन् । विक्रम सोब र सोमपाल कामीले एक एक विकेट लिएका छन् ।

त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भएको थियो । नेपालका लागि युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको योगदान दिए । करण केसीले तल्लोक्रममा २६ बलमा २ चौका र ४ छक्का सहित ४२ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ७० बलमा ३ चौका र २ छक्का सहित ४५ रनमा आउट भएका थिए ।

नेपालले पहिलो खेलमा पिएनजीलाई २ विकेटले पराजित गरेको थियो । नेपालले पहिलो पटक डे नाइट ओडिआई खेल खेलिरहेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजको तयारीको लागि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेलेको हो ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

अधिकारिक जर्सी नक्कल नगर्न केल्मीको सूचना

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड केल्मीको नेपालका लागि एकमात्र अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले केल्मीको अधिकारिक जर्सी नक्कल नगर्न सूचना जारी गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल क्रिकेट संघ (क्यान), नेपाल भलिबल संघ (एनभिए) लगायत विभिन्न खेलकुद संघसँग केल्मीले प्रायोजन सम्झौता गर्दै किट निर्माण गर्दै आएको छ । अर्को महिना […]

Success

Thank you for your time.