default_image

3 years ago

September 14, 2021

सोमपालले एकै ओभरमा ३० रन खर्चिए

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानविरुद्ध दोस्रो खेलमा नेपालले बलिङतर्फ पनि खराब सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको ओमानले आक्रमक सुरुवात गर्दै ५ ओभरमा १ विकेट गुमाउँदै ५६ रन बनाएको छ । ओमानका जतिन्दर सिंह १७ बलमा ५ चौका र […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानविरुद्ध दोस्रो खेलमा नेपालले बलिङतर्फ पनि खराब सुरुवात गरेको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको ओमानले आक्रमक सुरुवात गर्दै ५ ओभरमा १ विकेट गुमाउँदै ५६ रन बनाएको छ । ओमानका जतिन्दर सिंह १७ बलमा ५ चौका र ४ छक्का सहित विष्फोटक इनिङ खेल्दै ४४ रनमा अविजित छन् । चौथो ओभरको चौथो बलमा तीव्र गतिका बलर करण केसीले सोहिब खानलाई विनोद भण्डारीबाट ७ रनमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

दोस्रो ओभरमा तीव्र गतिका बलर विक्रम सोबले दुई चौका र १ छक्का सहित कुल १८ रन खर्चेका थिए । पाँचौं ओभरमा सोमपाल कामीलाई जतिन्दर सिंहले ३ चौका र ३ छक्का सहित एकै ओभरमा ३० रन प्रहार गरेका थिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४७.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालका लागि आसिफले १ सय १२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिए ।

आसिफ बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । रोहित कुमार पौडेल २०, करण केसी र ज्ञानेन्द्र मल्लले २१-२१ रन बनाए । ओमानका तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

अधिकारिक जर्सी नक्कल नगर्न केल्मीको सूचना

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड केल्मीको नेपालका लागि एकमात्र अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले केल्मीको अधिकारिक जर्सी नक्कल नगर्न सूचना जारी गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल क्रिकेट संघ (क्यान), नेपाल भलिबल संघ (एनभिए) लगायत विभिन्न खेलकुद संघसँग केल्मीले प्रायोजन सम्झौता गर्दै किट निर्माण गर्दै आएको छ । अर्को महिना […]

Success

Thank you for your time.