default_image

3 years ago

September 14, 2021

नेपालविरुद्ध जतिन्दरको विष्फोटक शतक

काठमाडौं (हाम्रो खेलकुद) – ओमानका ओपनर जतिन्दर सिंहले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध विष्फोटक शतक प्रहार गरेका छन् । जतिन्दरले नेपालविरुद्ध ६० बलमै शतक प्रहार गरेका हुन् । जतिन्दरले ६० बलमा १२ चौका र ६ छक्का सहित १ सय ३ रनमा खेलि रहेका छन् । जतिन्दर ओमानबाट सर्वाधिक छिटो शतक प्रहार गर्ने […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओमानका ओपनर जतिन्दर सिंहले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध विष्फोटक शतक प्रहार गरेका छन् ।

जतिन्दरले नेपालविरुद्ध ६० बलमै शतक प्रहार गरेका हुन् । जतिन्दरले ६० बलमा १२ चौका र ६ छक्का सहित १ सय ३ रनमा खेलि रहेका छन् । जतिन्दर ओमानबाट सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । एक समय ३२ बलमा ७८ रन जोडेका जतिन्दरले लगातार विकेट खसेपछि संयमित ब्याटिङ गर्दै बाँकी २२ रन जोड्न २८ बल खेलेका थिए ।

नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको ओमानले २५.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको छ । जतिन्दरको यो ओडिआई करिअरको पहिलो शतक हो ।
दोस्रो ओभरमा तीव्र गतिका बलर विक्रम सोबले दुई चौका र १ छक्का सहित कुल १८ रन खर्चेका थिए ।

पाँचौ ओभरमा सोमपाल कामीलाई जतिन्दर सिंहले ३ चौका र ३ छक्का सहित एकै ओभरमा ३० रन प्रहार गरेका थिए । आठौं ओभरमा करणले २० रन खर्चेका थिए । ओमान सामू नेपाली बलर निरिह सावित बनेका छन् ।

चौथो ओभरको चौथो बलमा तीव्र गतिका बलर करण केसीले सोहिब खानलाई विनोद भण्डारीबाट ७ रनमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । स्पिनर सुशान भारीले ११ औं ओभरको चौथो बलमा अयान खानलाई १८ रनमा आसिफ शेखबाट क्याच आउट गराए । खानले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे । जिशान मकसुदलाई स्पिनर कुशल मल्लले ४ रनमा आसिफबाट क्याच गराउँदै ओमानको रनको गति कम गराएका थिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४७.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालका लागि आसिफले १ सय १२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिए । आसिफ बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । रोहित कुमार पौडेल २०, करण केसी र ज्ञानेन्द्र मल्लले २१-२१ रन बनाए । ओमानका तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

Success

Thank you for your time.