default_image

3 years ago

September 19, 2021

नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानसँग दोस्रो खेलमा उत्कृष्ट सुरुवात गरेको छ । अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमानले सुरुवाती ९ ओभरमा ३ विकेट गुमाउँदै ३० रन बनाएको छ । मोहम्मद नदीम र जिसन मक्सुद क्रिजमा छन् । नेपाललाई तीनै सफलता तीव्र गतिका बलर करण […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानसँग दोस्रो खेलमा उत्कृष्ट सुरुवात गरेको छ ।

अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमानले सुरुवाती ९ ओभरमा ३ विकेट गुमाउँदै ३० रन बनाएको छ । मोहम्मद नदीम र जिसन मक्सुद क्रिजमा छन् । नेपाललाई तीनै सफलता तीव्र गतिका बलर करण केसीले दिलाउँदै उत्कृष्ट सुरुवात दिलाएका हुन् ।

करणको तेस्रो ओभरको चौथो बलमा स्कुपसट खेल्नेक्रममा एज लागेर ओपनर जतिन्दर सिंह फस्ट स्लिपमा आसिफ शेखबाट १३ रनमा क्याच आउट हुन पुगेका थिए । पहिलो खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले दोस्रो खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । करणको सातौं ओभरको पाँचौ बलमा टप एज लागेर डेब्यू खेल खेलेका सुफ्यान मोहम्मद चार रनमा सुशान भारीबाट क्याच आउट भए ।

नवौं ओभरको दोस्रो बलमा करणकै बलमा अयान खानको क्याच विकेटकिपर विनोद भण्डारीले समाउन सकेनन् । तर त्यसको दुई बलपछि नै करणले अयानलाई ७ रनमा बोल्ड गरे ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । कुशल मल्ल र गुलशन झाको स्थानम शरद भेषावकर र आरिफ शेखलाई मौका दिएको छ ।

नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, शरद भेषावकर, सोमपाल कामी, आरिफ शेख, करण केसी, विनोद भण्डारी(विकेटकिपर), सन्दीप लामिछाने र सुशान भारी ।

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.