default_image

3 years ago

September 19, 2021

सन्दीपलाई लगातार विकेट, संकटमा ओमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानसँग एकै ओभरमा लगातार दुई विकेट लिएका छन् । अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमानले १४ ओभरमा ४३–६ को संकट अवस्थामा छ । ओमानका कप्तान जिशान मकसुद ८ र सन्दीप […]

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानसँग एकै ओभरमा लगातार दुई विकेट लिएका छन् ।

अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमानले १४ ओभरमा ४३–६ को संकट अवस्थामा छ । ओमानका कप्तान जिशान मकसुद ८ र सन्दीप गौड शून्यमा क्रिजमा छन् । तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेले तीन तीन विकेट लिएपछि ओमान नेपाल सामू निरिह बनेको छ ।

करणको तेस्रो ओभरको चौथो बलमा स्कुपसट खेल्नेक्रममा एज लागेर ओपनर जतिन्दर सिंह फस्ट स्लिपमा आसिफ शेखबाट १३ रनमा क्याच आउट हुन पुगेका थिए । पहिलो खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले दोस्रो खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

करणको सातौं ओभरको पाँचौ बलमा टप एज लागेर डेब्यू खेल खेलेका सुफ्यान मोहम्मद चार रनमा सुशान भारीबाट क्याच आउट हुन पुगेका थिए । नवौं ओभरको पाँचौं बलमा करणले अयान खानलाई ७ रनमा बोल्ड आउट गर्दै ओमानलाई ३०–३ को कमजोर अवस्थामा पुर्याएका थिए । त्यसको दुई बल अघि विकेटकिपर विनोद भण्डारीले अयानको क्याच ७ रनमा छोड्न पुगेका थिए ।

स्पिनर सन्दीप लामिछानेले ११ औं ओभरको अन्तिम बलमा मोहम्मद नदीमलाई चार रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । सन्दीपलेनै १४ औं ओभरको चौथो बलमा नेपाली मुलका विकेटकिपर सुरज कुमारलाई शून्यमा बोल्ड आउट गरे । लगत्तै सन्दीपले अर्को बलमा नेस्टर धम्बालाई शून्यमा एलबीडब्लू आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । अन्तिम बलम सन्दीप गौडले ह्याट्रिक हुनबाट रोकेका थिए ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

कर्णालीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ। आज कर्णालीले सुदूर पश्चिम प्रदेशलाई ६ विकेटले माथ दियो। कर्णालीको जितमा अर्जुन घर्तीले सर्वाधिक ३७ रन बनाए। जितको लागि १ सय ४४ रनको विजय लक्ष्य पछाएको कर्णाली प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। सुरूवात कर्णालीले राम्रो गन […]

Success

Thank you for your time.