default_image

2 years ago

October 24, 2021

भारतका दुवै ओपनर अफ्रिदीको शिकार

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानविरुद्ध भारतका दुवै ओपनर सस्तोमा पेभेलियन फर्केका छन् । ओपनर रोहित शर्मा शाहिन अफ्रिदीको बलमा गोल्डेन डक आउट भएका हुन् । दुबईमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले सुरुवाती ३ ओभरमा २ विकेट गुमाउँदै १४ रन बनाएको छ । भारतका सुर्य कुमार यादव ७ र […]

77 views

0 Bookmark

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानविरुद्ध भारतका दुवै ओपनर सस्तोमा पेभेलियन फर्केका छन् ।

ओपनर रोहित शर्मा शाहिन अफ्रिदीको बलमा गोल्डेन डक आउट भएका हुन् । दुबईमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले सुरुवाती ३ ओभरमा २ विकेट गुमाउँदै १४ रन बनाएको छ । भारतका सुर्य कुमार यादव ७ र विराट कोहली ४ रनमा अविजित छन् ।

तिव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा रोहितलाई शुन्यमा एलबीडब्लू आउट गरेका थिए । रोहित सामना गरेको पहिलो बलमै आउट भएका थिए । अफ्रिदीले तेस्रो ओभरको पहिलो बलमा लोकेश राहुललाई ३ रनमा बोल्ड आउट गरेपछि पाकिस्तानले उत्कृष्ट सुरुवात गरेको छ ।

यसअघि टि२० विश्वकपमा भारत र पाकिस्तानबीच कुल ५ खेल भएको छ । भारत ५ खेलमानै विजयी भएको छ । सन् २००७ को समूह चरणमा भारत खेल बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने) रुपमा विजयी भएको थियो । उक्त फाइनलमा ५ रनले हराउँदै उपाधि जितेको थियो । भारत २०१२ को टि२० विश्वकपमा ८ विकेट, २०१४ कोमा ७ र २०१६ को मा ६ विकेटले विजयी भएको थियो ।

भारतको सुरुवाती ११ – विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, वरुण चक्रवर्ती, जस्प्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शामी

पाकिस्तानको सुरुवाती ११ – बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, हरिस रौफ, हसन अली, ईमाद वासिम, मोहम्मद हफिज, फखर जमान, मोहम्मद रिजवान (विकेटकिपर), शाहिन शाह अफ्रिदी र शोएब मलिक

प्रत्यक्ष प्रसारण : नेपालमा स्टार स्पोर्ट्सका च्यानलबाट लाइभ हेर्न सकिनेछ ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.