default_image

एसोसिएसन

August 18, 2019

ब्वाइज र गल्र्स डबल्र्समा नेपालको चुनौती समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपमा नेपालको मिक्स डबल्स, ब्वाइज र गल्र्स डबल्र्समा चुनौती सकिएको छ । गुजरातमा आइतबार भएको ब्वाइज डबल्र्समा संयोग कपाली र विशाल गोलको जोडी हङकङका सिन विङ हाङ र टिसुन टिसाङको जोडीसँग ३–१ को सेटमा पराजित भएको हो । पहिलो सेट २–११ ले गुमाएको नेपालले […]

August 17, 2019

पौडी टोली हंगेरीतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ । अगष्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमालले प्रतिस्पार्धा गर्नेछन् । महिलामा टीसा […]

August 17, 2019

एसिया प्यासिफिकमा समिर चौथो

काठमाडौ (हाम्रो खेलकुद)- बडिविल्डर समिर श्रेष्ठले एशिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा चौथो स्थान हासिल गरेका छन् । थाइल्याण्डको बैककमा भएको प्रतिस्पर्धामा समिर आफ्नो ६५ केजी तौल समुहमा चौथो स्थान हात पारेका हुन । एक दर्जन देशको सहभागिता रहेको प्रतियोगितामा नेपालबाट दुई पुरुष खेलाडीले सहभागिता जनाएका छन् । अर्का खेलाडी राजु राई छन् । […]

August 16, 2019

टिम चेस च्याम्पियनसिप थापाथली र गजुरमुखी उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – थापाथली चेस पार्क र गजुरमुखी चेस क्लब इलाम तुल्सीलाल अमात्यस्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा शुक्रबार थापाथलीले लुम्बिनी इभेन्ट म्यानेजमेन्ट रुकुमलाई ४—० ले र गजुरमुखीले गोल्डेनगेटलाई २.५—१.५ अंकले हराउँदै फाइनलमा एक अर्कासँगको भेट पक्का गरेका हुन् । एकतर्फी सेमिफाइनलमा थापाथलीका आशिष फुयालले मिलन […]

August 15, 2019

तारा र पुकार स्ट्रङगेस्ट खेलाडी, ४७ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी तारादेवी पुन महिला तथा नेपाली सेनाका पुकार गुरुङ नेपाल स्ट्रङगेस्ट तेश्रो ओलम्पियन सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङगेस्ट खेलाडी घोषित भएका छन् । तारादेवी र पुकारले ब्यानेटका १० हजार, ट्रफी, प्रमाण पत्र प्राप्त गरे । पुरुष तर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश के.सी. तथा […]

August 13, 2019

संगिताको तीन राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खैलकुद)-विभागीय नेपाल पुलिस क्लबकी संगीता राईले नेपाल स्ट्रङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा एकै दिन तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । मरु बैङक्वेटमा सोमबारबाट शुरु भएको प्रतियोगिताको पहिलो दिन संगिता राईले सिनियर ४९ केजीमा तीन राष्ट्रिय किर्तिमान बनाउन सफल भएकी छिन् । उनले स्न्याचमा ५९ केजी, क्लिन एण्ड जर्कमा ७६ […]

August 12, 2019

एसिया प्यासिफिक च्याम्पियनसिपमा तीन खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका तीन खेलाडीले थाइल्यान्डको बैंककमा आयोजना हुने एसिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । संघले सोमबार राजधानीमा १२औं दक्षिण एसियाली एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा तीन खेलाडीले एसिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने जानकारी गराएको छ […]

August 11, 2019

राखेपको भौतिक पुर्वाधार निर्माण तथा योजना सम्बन्धी गोष्ठी

काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद भौतिक पुर्वाधार निर्माण तथा योजना सम्बन्धी आइतबार गोष्ठी आयोजना गरेको छ । सो गोष्ठीले भौतिक पुर्वाधार निर्माण समयमा नै सम्पन्न गर्नका लागि योजना बाँडफाँड र जवाफदेहिताको विषयमा छलफल गरेको थियो । १३ औं सागको भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउने बताइएको छ । गोष्ठीको उद्घाटन युवा […]

August 10, 2019

‘१३ औं साग निर्धारित समयमै हुन्छ’ – सदस्यसचिव सिलवाल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसयाली खेलकुद प्रतियोगिता (साग) निर्धारित मितिमै हुने बताएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय कमिटीले शनिबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले आफु चुनौती स्वीकर गरेर नै राखेपमा आएको र १३औं साग निर्धारित मितिमै हुने बताएको हो । ‘भारतले पनि […]

August 9, 2019

सेपाकताक्रो टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा हुने ३४ औं थाइ किङ्स कप विश्व च्याम्पियनसिपमा सहभागी हुने सेपाकताक्रो टोलीलाई शुक्रबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले टोलीलाई बिदाइ गरे । अगष्ट २४ देखि सेप्टेम्बर १ तारिखसम्म बैंककको फेसन आइल्यान्डमा हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले रेगु र डबल्समा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीमा अनिल […]

Success

Thank you for your time.