शिथिल फुटबल, जागेको क्रिकेट र उठ्दै गरेको भलिबल
रमेश पराजुली काठमाडौं – नेपाली खेलकुदको परिदृश्य आज एउटा विचित्र विरोधाभासबिच बाँधिएको छ । एकातर्फ ठूला आर्थिक स्रोत र सम्भावनाले भरिपूर भएपनि संरचनात्मक कमजोरी, व्यवस्थित व्यवस्थापनको अभाव र दीर्घकालीन दृष्टिकोण नहुँदा लगातार पतनको मार्गमा अगाडि बढिरहेको फुटबल छ । अनि अर्कोतिर सीमित साधनका बाबजुद व्यवस्थित योजना, पारदर्शिता र उत्साही प्रशंसकको कारण अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान […]