default_image

भुपेन्द्र जिसीका लेखहरु

August 27, 2021

व्यक्तिगत कारण देखाउँदै ह्वाटमोरले दिए राजीनामा

भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएको पुष्टि भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक ह्वाटमोरले राजीनामा इमेल गरेको जानकारी दिए । प्रशिक्षक ह्वाटमोरले कोरोनाका कारण परिवारसँग टाढा रहनुपर्दा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए । ‘हामीले प्रशिक्षकको राजीनामा इमेलबाट पाएका […]

August 22, 2021

गुलशनको अविश्वसनिय राष्ट्रिय टोलीको यात्रा

भुपेन्द्र जिसी, काठमाडौं सामान्यतया नेपाली क्रिकेटमा राष्ट्रिय टोलीको यात्रा तय गर्न उमेर समूह हुँदै घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको हुनुपर्छ । हरेक खेलाडीको सपना उमेर समूह हुँदै घरेलु क्रिकेटमा उच्च प्रदर्शनका साथ राष्ट्रिय टोलीमा स्थान बनाउने हुन्छ । तर १७ वर्षिय तीव्र गतिका गुलशन झा भने राष्ट्रिय स्तरको दुई खेलको प्रदर्शनलेनै नेपाली टोलीमा पर्न सफल भए […]

August 21, 2021

नेपाली क्रिकेटमा हराएको ‘रातो बल र सेतो जर्सी’

भुपेन्द्र जि.सी., काठमाडौं पछिल्लो एक दशकमा नेपाली क्रिकेटमा मैदान भित्र र बाहिर धेरै परिवर्तनहरु भए । मैदानभित्र टि२० विश्वकप देखि ओडिआई मान्यता सम्मका ऐतिहासिक उपलब्धि हात पार्यो । मैदानबाहिर क्यानले केहि वर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन भोग्दै फुकुवापछि नयाँ नेतृत्व आयो । नेपालको अबको लक्ष्य टेस्ट मान्यता प्राप्त गर्नु हो । टेस्ट खेल्ने सपना देखेको […]

August 4, 2021

पारस युगको अन्त्य

भूपेन्द्र जिसी, काठमाडौं पारस खड्का, नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी । यस्ता व्यक्तित्व जसले राष्ट्रिय क्रिकेट टोली मात्र नभएर नेपाली क्रिकेटलाई निकै कठिन परिस्थितिबाट अगाडि बढाउँदै टि२० विश्वकप र ओडिआई मान्यता सम्मको सफलता दिलाए । नेपाली क्रिकेटमा युगान्तकारी परिवर्तन ल्याउन मैदान भित्र र बाहिर उत्तिकै डटेर लागेका पारसले मंगलबार आश्चर्य रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट […]

July 28, 2021

युवा खेलाडीको इपिएल खेल्ने आशा

भूपेन्द्र जिसी, काठमाडौं अलराउन्डर कुशल मल्ल पछिल्लो समय राष्ट्रिय टोलीको नियमित सदस्यका रुपमा रहेका छन् । नेपालका लागि उमेर समूहमा खेलेका उनका लागि राष्ट्रिय टोलीसम्म पुग्ने बाटो भने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उनले गरेको प्रदर्शनले बुनेको थियो । ट्यालेन्ट हन्टमार्फत भैरहवा ग्ल्याडीयटर्सको जर्सीमा देखिएका उनले निडर ब्याटिङ गर्दै घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडे । इपिएलको […]

July 16, 2021

नेपाली यू१९ टोलीको सम्भावित ६ प्रशिक्षक

भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटले यू-१९ उमेर समूहमा विगतमा निकै सफलता हासिल गरेको छ । यू-१९ उमेर समूहमा ७ पटक यू-१९ एकदिवसिय विश्वकप (२०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६) खेलिसकेको नेपालले टेस्ट टोली भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश जस्ता टोलीलाई पराजित गर्दै विश्वभर सनसनी मच्चाइसकेको छ । एसोसियटतर्फ उमेर समूहमा नेपाल सर्वाधिक […]

June 26, 2021

सफलताको उचाइमा उदीयमान जेमिसन

विश्व क्रिकेट इतिहासकै पहिलो टेस्ट च्याम्पियनसिपको उपाधि जित्दै न्युजिल्यान्डले दुई दशक लामो आइसिसीको उपाधि खडेरी तोड्यो । अधिकांश अनुभवी खेलाडीले करिअरको सबैभन्दा ठूलो सफलता हासिल गर्दा खेलका नायक भने युवा तीव्र गतिका बलर काइल जेमिसन बने । विश्व क्रिकेटको पावरहाउस भारतका विश्वस्तरीय ब्याट्सम्यान जेमिसनसामु निरिह बने र न्युजिल्यान्ड क्रिकेट इतिहासमा नयाँ अध्याय लेख्न सफल भयो […]

June 23, 2021

क्रिकेटमा विश्वकपको सपना, छैन कुनै योजना

भूपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय किकेट टोलीको मुख्य लक्ष्य २०२२ मा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने हो । सन् २०२३ पछि ओडिआई मान्यतालाई निरन्तरता, लगातार टि२० विश्वकप र २०२७ मा एकदिवसिय विश्वकप हुँदै आगमी एक दशकमा टेस्ट राष्ट्र बन्ने सपना पनि छ । अहिलेको अवस्थामा नेपाल २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन आइसिसी […]

June 22, 2021

आसिफको उदयले विकेटकिपिङमा दिएको संकेत

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटमा अस्थिर विकेटकिपर समस्या पछिल्ला पाँच वर्षमा ओपनिङ पछि सर्वाधिक चिन्ताको विषय हो । युवा ब्याट्सम्यान राजु रिजालबाट सुरु हुँदै दिलीप नाथ, अनिलकुमार शाह, प्रदीप ऐरी, सुवास खकुरेल र अहिले विनोद भण्डारीमा आएर नेपालको विकेटकिपरको जिम्मेवारी अडिएको छ । यसबीचमा अपेक्षा अनुसार कसैको ब्याटबाट पनि नियमित रन निस्कन सकेन । सन् २०१६ […]

June 10, 2021

महिला क्रिकेटमा सुधार गर्नुपर्ने पाँच पक्ष

भुपेन्द्र जिसी, काठमाडौं नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको झण्डै डेढ दशक भएको छ । सन् २००७ मा मलेसियामा सम्पन्न एसिसी वुमन्स प्रतियोगिता मार्फत पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा पाइला टेकेको नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै बाहिरिएको थियो । उक्त प्रदर्शनले महिला टोलीले पुरुष भन्दा पहिला टि२० विश्वकप खेल्ने आँकलन गरिएको थियो । पुरुष […]

Success

Thank you for your time.