default_image

भुपेन्द्र जिसीका लेखहरु

April 10, 2021

आमा बनेपछि मैदान फर्कन आतुर अञ्जली

भुपेन्द्र जि.सी, काठमाडौं कोहीपनि महिला खेलाडीलाई विवाह र त्यसपछि आमा बन्ने निर्णय लिनु कठिन कार्य हो । अझ खेल करिअरको उच्च विन्दुमा पुगेर यो निर्णय लिन निकै साहस चाहिन्छ । कतिपय अवसथामा परिवारबाट उचित साथ र सहयोग नपाए खेल नै छोड्नुपर्ने हुन्छ । नेपालको परिपेक्षमा विवाह भन्दा अझ कठिन क्षण आमा बन्दा हो । सन्तान लाभपछि […]

April 7, 2021

सुनसान टियु मैदान

भुपेन्द्र जिसी, काठमाडौं समर्थक नेपाली क्रिकेटको सबैभन्दा बढी प्रेरणा, शक्ति र हौसलाका स्रोत हुन् । नेपाली समर्थकको माया, साथ, सहयोग र हौसला अमूल्य र अद्भुत छ । जसलाई शब्दमा बयान गर्न सकिँदैन । घरेलु क्रिकेट होस् वा अन्तर्राष्ट्रिय समर्थकले सबैमा राम्रो साथ दिने गर्दछन् । तर शनिबारबाट सुरु भएको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० प्रतियोगितामा […]

March 30, 2021

प्रतिबन्धले गुम्यो साग, पुनरागमनमा जोगाए देशकै साख

भुपेन्द्र जि.सी, काठमाडौं सन्जोक राई अखिल नेपाल फुटबल संघ (एन्फा) ले उत्पादन गरेको स्वर्णिम ब्याचका सदस्य हुन् । तर एकेडेमीमा आफूसँगै खेलेका सहकर्मी राष्ट्रका लागि एक पछि अर्को उपाधि जितिरहँदा सन्जोक भने आफ्नै कारणले टोलीमा थिएनन् । एकेडेमी छाडेका झन्डै ६ वर्षपछि सन्जोकले राष्ट्रिय टोलीमा डेब्युको अवसर पाए । र दोस्रो खेलमा गोल गर्दै घरेलु […]

March 16, 2021

ब्याटिङ सुधारको संकेत

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटमा ब्याटिङ सबैभन्दा ठूलो चिन्ताको विषय हो । महिला होस् वा पुरुष, उमेर समूह होस् वा सिनियर सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा हारको कारण कमजोर ब्याटिङ नै रहँदै आएको छ । नेपाली क्रिकेटमा शतक कमै मात्रमा देखिन्छ । व्यक्तिगत अर्धशतकका लागि नै खेलाडीहरु संघर्ष गरेको देखिन्छ । तर पछिल्ला समय अर्धशतकको संख्या बढ्दो छ […]

March 4, 2021

गण्डकी भलिबलका सान हरि : कोर्ट भित्र हर्ष, बाहिर संघर्ष

भुपेन्द्र जिसी, काठमाडौं ‘हरि! हरि! हरि! हरि!’ पोखरा रंगशालास्थित भलिबल कोर्टमा गण्डकी प्रदेशले टाइगर कपको उपाधि जित्दा हजारौं दर्शकहरुको मुखारविन्दमा एकै नाम थियो, हरि पाण्डेयको । घरेलु समर्थकको बीचमा गण्डकी प्रदेशले विभागीय त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दा टोलीका कप्तान हरिको देब्रे हाते स्पाइक निर्णायक पनि सावित भयो । यसै पनि दर्शकमाझ चर्चामा रहिरहने हरिको उक्त […]

February 16, 2021

भलिबल खेलाडीका क्रिकेटर छोरा

भुपेन्द्र जिसी, काठमाडौं विरेन्द्र यादव सप्तरीतिर २०४० को मध्यदशकमा भलिबल खेलाडीका रुपमा चर्चित नाम थिए । घरेलु भलिबलमा उनले पुर्वान्चलबाट झन्डै दर्जन प्रतियोगिता खेले । कम उचाइका कारण राष्ट्रिय टोलीको यात्रा भने तय गर्न सकेनन् । आफ्नो चाहना पूरा हुन नसकेपछि छोरा विवेकलाई भलिबलको राष्ट्रिय खेलाडी बनाउने इख उनले राखेका थिए । तर विवेक सानो उमेरदेखि नै भलिबल भन्दा क्रिकेटमा बढी […]

February 10, 2021

युवा खडकको राष्ट्रिय टोली यात्रा

भुपेन्द्र जिसी, काठमाडौं सुदूरपश्चिम प्रदेशका युवा ब्याट्सम्यान तथा विकेटकिपर १८ वर्षिय खडक बहादुर बोहरा पहिलो पटक नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परे । नेपाल क्रिकेट संघ (क्यान) ले ओमान भ्रमणलाई ३२ सदस्य टोली बोलाउँदा सुदूरपश्चिम प्रदेशबाट एक्लो प्रतिनिधित्वको रुपमा खडक परेका थिए । बैतडी सुदूरपश्चिम प्रदेशको एक भौगलिक विकट, दुर्गम र आर्थिक रुपमा पछि परेको […]

February 7, 2021

साथीको जुत्ता र भान्जाको साथमा राष्ट्रिय टोलीको यात्रा

भुपेन्द्र जिसी, काठमाडौं कर्णाली प्रदेशको जाजरकोट आर्थिक देखि भौगलिक लगायत अधिकांश पक्षमा पिछडिएको जिल्ला हो । सामान्य जीविका निर्वाह गर्न नै धौधौ पर्ने जाजरकोटमा खेल प्राथमिकता त पर जावोस्, खेल्ने नै कम भेटिन्छन् । कहिलेकाहीं फुर्सदमा बालबालिकाले खेल्नेबाहेक खेलकुद, अझ क्रिकेट शून्यप्राय छ । स्थान बिकट हुँदा खेलका कार्यक्रम कम होलान्, तर प्रतिभा र रुचिलाई भने यसले रोक्न सक्दैन । त्यसका […]

February 6, 2021

राष्ट्रिय टोलीमा प्रदेश एक : वर्चस्वदेखि शून्यतासम्म

भुपेन्द्र जिसी, काठमाडौं कुनै समय नेपालको पूर्वी भेग क्रिकेटका लागि उर्वर भुमि मानिन्थ्यो । राष्ट्रिय टोलीमा पूर्वकै खेलाडीको वर्चस्व थियो भने राष्ट्रिय क्रिकेटको उपाधि पूर्वतिरै रहन्थ्यो । २०५८ साल देखि २०६१ सम्म लगातार चार पटक राष्ट्रिय प्रतियोगिता जित्दै विराटनगरले इतिहास नै रचेको थियो । घरेलु प्रतियोगितामा वर्चस्व जमाएको त्यस समयमा राष्ट्रिय टोलीमा अधिकांश खेलाडी पूर्वकै थिए […]

January 21, 2021

‘१३ बलको अर्धशतक ड्रेसिङ रुम आएपछि थाहा पाएँ’

भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउन्डर पवन सरार्फले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बिहिबार नेपाल पुलिस क्लबबाट लुम्बिनी प्रदेशविरुद्ध १३ बलमै अर्धशतक प्रहार गर्दै नयाँ कीर्तिमान कायम गरे । तर उनी आफैंलाई यो कीर्तिमानबारे ब्याटिङ सकेर ड्रेसिङ रुम पसेपछि मात्र थाहा भयो । लुम्बिनीविरुद्ध आक्रामक ब्याटिङ गर्दै पवन नेपालको राष्ट्रिय क्रिकेट प्रतियोगिता […]

Success

Thank you for your time.