March 23, 2023
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको नेतृत्वमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कपको पहिलो खेलमा बुधबार नेपालले लाओसलाई २-० ले हराएको हो । नेपालका लागि पहिलो हाफमा अनन्त तामाङ र दोस्रो हाफमा नवयुग श्रेष्ठले गोल गरेका थिए । अनन्तले नविन लामाको कर्नरबाट हेडरमार्फत गोल […]
March 22, 2023
भुपेन्द्र जि.सी. काठमाडौं परिवर्तन र सुधार गर्न सुरुवातमा सामान्य कुरामा ध्यान दिनुपर्छ । कुशल नेतृत्वको गुण भएको व्यक्तिले थोरै समयमा पनि धेरै परिवर्तन गर्नसक्छ । मुख्य प्रशिक्षक मोन्टि देशाई असल नेतृत्व क्षमता र कर्मशील भए थोरै समयमा धेरै परिवर्तन गर्न सकिन्छ भन्ने नेपाली क्रिकेटका राम्रो उदाहरण हुन् । नेपालले मोन्टिको मुख्य प्रशिक्षणमा पछिल्लो एक महिनामा […]
March 22, 2023
सुबास हुमागाईं, काठमाडौं इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि २३ सदस्यीय टोलीको घोषणा गर्ने क्रममा ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटेका छन् । एन्फाले गत साता मात्र इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । ए डिभिजन लिगको प्रदर्शनलाई आधार मान्दै उनले टोली छनोट […]
March 20, 2023
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बुधबार प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसविरुद्ध पहिलो खेल खेल्दैछ । प्रतियोगिताका लागि लाओस र भुटान दुवै आफ्नो पूर्ण टोलीका साथ नेपाल आइसकेका छन् । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने हालसम्म प्रारम्भिक टोली घोषणा गर्न सकेको छैन । तर ए डिभिजन क्लबहरुले भने आ-आफ्नो तर्फबाट […]
March 14, 2023
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसे नियुक्त भएका छन् । दुई साताअघि नेपाल आएपनि अनेसेलाई जारी शहिद स्मारक ए डिभिजन लिगका केहि खेल हेरेपछि मात्र सार्वजनिक गरिएको हो । एन्फाले यसै साता मात्र अनेसेले एक वर्षको लागि सम्झौता गरेको पुष्टि गरेको छ । इन्डियन सुपर लिग क्लब […]
March 13, 2023
एजेन्सी – नेपाली राष्ट्रिय टोलीका रोहित चन्द सम्मलित टोली प्रेसिक केडिराले इन्डोनेसियाको लिगा १ मा आइतबार विजय हासिल गरेको छ । प्रेसिकले घरेलु मैदानमा अंक तालिकाको तेस्रो स्थानमा रहेको रोहितको पूर्व क्लब पर्सिजा जाकार्तालाई २–० ले हराएको थियो । यसै सिजन प्रेसिकमा आबद्ध भएका रोहितले पूर्व क्लबविरुद्ध पूरा समय मैदानमा बिताएका थिए । टोलीलाई जित […]
March 13, 2023
एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ हिरो आइ लिग २०२२/२३ को उत्कृष्ट गोलकिपर चुनिएका छन् । आइ लिगको समापनमा आइतबार राउन्ड ग्लास पन्जाबका किरणलाई उत्कृष्ट गोलकिपर घोषित गरिएको थियो । सोही क्लबबाट खेल्दै किरण दुई वर्षअघि पनि आइ लिगमा उत्कृष्ट गोलकिपर चुनिएका थिए । सन् २०१८ मा माल्दिभ्सबाट टिसी स्पोर्टसलाई […]
March 4, 2023
भुपेन्द्र जिसी, दुबई नेपालले अन्तिम पटक यू-१९ विश्वकप २०१६ मा बंगलादेशमा खेल्दै सानदार प्रदर्शन गरेको थियो । घरेलु टोली बंगलादेशसँग क्वाटरफाइनलमा पराजित भएपछि पहिलो पटक सेमिफाइनलमा पुग्ने अवसर गुमेको थियो । त्यसैबेला नेपालसामु सन् २०१८ मा न्युजिल्यान्डमा हुने विश्वकपमा स्थान बनाउन अवसर पनि थियो । तर त्यसमा नेपाल सफल हुन सकेन । सन् २०१८ को […]
March 1, 2023
भुपेन्द्र जि.सी, दुबई घरेलु क्रिकेटमा जिल्ला र प्रदेशभित्र खेलाडी छनोटमा हुने फोहोर राजनीति नौलो कुरा होइन । धेरैजसो जिल्ला र प्रदेशमा टिम घोषणा भएपछि प्रदर्शनका आधारमा टोली छनोट नभएको भन्दै असन्तुष्टि देखिन्छ । यसले प्रतिभावान खेलाडीको भविष्यमा प्रत्यक्ष असर परेको छ । राजनीति यतिसम्म छ कि छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी पनि टोलीमा पर्दैनन् । […]
February 24, 2023
भुपेन्द्र जि.सी.,काठमाडौं चार खेल चार जित, सबै खेलमा फरक प्लेयर अफ द म्याच । एक शतक र ७ अर्धशतक । ब्याटिङमा लगातार तीन पटक २ सय ७० माथिको योगफल सफल रुपमा पूरा । यो किसिमको प्रदर्शन नेपाली ब्याटरबाट कमै देख्न पाइन्छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा यस साता नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबिया […]