default_image

बास्केटबल

April 24, 2024

थ्री बाइ बास्केटबल टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ । विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको […]

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 10, 2024

ह्विलचियर बास्केटबल – जावलाखेल र आर्मीलाई उपाधि

काठमाडौ (हाम्रो खेलकुद) – दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्लुएससी) र पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा जेडब्लुएससीले एससिआईएनएनलाई १८–७ ले हराउँदै महिलातर्फको उपाधि जितेको हो । पुरुषतर्फकाके […]

March 7, 2024

थ्री वाइ थ्री बास्केटबलको ब्राण्ड एम्बास्डर अभिनेता शाही

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा शनिबार सुरु हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधामा प्रतिस्पर्धा हुनेछ । ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ ८ टोलीको सहभागिता रहने प्रतियोगितामा विदेशी टोलीका रूपमा ‘बंगलादेश नेभी’ र ‘बंगलादेश युनिभर्सि’टीको क्लबले […]

February 23, 2024

प्यारागन, गुहेश्वरी र बौद्धलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि शुक्रबार जितेका छन् । गुहेश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गल्र्स बास्केटबलमा च्याम्पियन बनेका हुन् । तीनै प्रतिस्पर्धा यु–१२ उमेरसमूहको हो । बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुहेश्वरीले टीआईएलाई १–० […]

February 14, 2024

यु–१८ बास्केटबल आइतबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिकाको आयोजनामा यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगिता आइतबार सुरु हुने भएको छ । प्रतियोगितामा १२ नगरपालिकाको टोलीकोसहभागिता निश्चित भइसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले जानकारी गराए । त्यसबाहेक पोखरा, विराटनगर र टोखाले पनि बिहीबारसम्म सहभागिताको टुंगो लगाउने बताइएको छ । विजेताले १ लाख […]

January 6, 2024

बास्केटबल संघको अध्यक्षमा गुरुङसहित सबै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)- भीमसिंह गुरुङ नेपाल बास्केटबल संघको अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न पाँचौं चुनावी साधारण सभाले अध्यक्ष गुरुङसहित ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । गुरुङ यसअघि संघको कार्यवाहक अध्यक्ष थिए । नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्रसाद गुरुङ र मनीषकुमार हयोजुले उपाध्यक्ष छन्। नरेन्द्र थापाले महासचिवमा निरन्तरता पाएका छन्। फनिन्द्रमान श्रेष्ठ […]

December 26, 2023

गोल्डेन गेट र बूढानीलकण्ठ यु १९ बास्केटल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । गोल्डेन गेट पुरुष तथा बूढानीलकण्ठ महिलामा च्याम्पियन बनेका हुन् । बूढानीलकण्ठको पुरुष टोलीले उपाधि भने जित्न सकेन । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा गोल्डेन गेटले बूढानीलकण्ठलाई १००–८८ ले पराजित ग¥यो । गोल्डेन गेटका नुकेश […]

December 26, 2023

गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । गोल्डेन गेट पुरुष तथा बूढानीलकण्ठ महिलामा च्यमम्पियन भए । बूढानीलकण्ठको पुरुष टोली फाइनल पुगेपनि उपाधि भने जित्न सकेन । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा गोल्डेन गेटले बूढानीलकण्ठलाई १००–८८ ले पराजित ग¥यो । गोल्डेन गेटका […]

December 23, 2023

गोल्डेन गेट क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको शनिबार क्वाटरफाइनल प्रवेश गरेका छन् । समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा गोल्डेन गेटले रोयल्सलाई ८५–६७ ले पराजित ग¥यो । गोल्डेन गेटका उर्गेनले २० स्कोर गरे । प्रसोन मल्ल ठकुरीको १९ स्कोरको मद्दतमा बूढानीलकण्ठले योद्धालाई ७४–४२ ले हरायो । […]

Success

Thank you for your time.