default_image

एनपिएल

November 26, 2024

एक्सन स्पोर्ट्सको युट्युबमा एनपिएल हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कले प्राप्त गरेको छ। एनपिएलको पहिलो संस्करणका सबै खेलको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपिएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया […]

November 26, 2024

एनपिएलका उत्कृष्ट नेपाली खेलाडीले गाडी पुरस्कार पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको छ । एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सम्झौता गरिएको हो । सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक […]

November 26, 2024

सिसन कर्णालीको युथ एम्बेसडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्सले सिसन बानियाँलाई युथ एम्बासिडरमा नियुक्त गरेको छ । सिसनलाई युथ एम्बेसडरमा नियुक्त गरेको कर्णालीले मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । यसअघि कर्णालीले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको थियो । नेपाली टोलीका अलराउन्डर सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीका प्रशिक्षकमा […]

November 25, 2024

एनपिएलका लागि टिकट दर तय

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टिकट दर तय गरेको छ। क्यानले एनपिएलका खेल हेर्नका लागि साधारण र भिआइपी गरि दुई किसिमको टिकट दर सोमवार सार्वजनिक गरेको हो । एनपिएलको उद्घाटन खेलमा साधारण तर्फ ३ सय तथा भिआइपि तर्फ ७ सय रुपैयाँको टिकट दर तोकेको […]

November 25, 2024

देवको अर्धशतकमा कर्णालीले काठमाडौंलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर देव खनालको अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपिएल) को टोली कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई अभ्यास खेलमा पराजित गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा भएको अभ्यास खेलमा कर्णालीले काठमाडाैंमाथि ३४ रनको जित दर्ता गरेको हो । कर्णालीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १६.५ ओभरमा अल आउट हुदै १ सय […]

November 25, 2024

विराटनगरका मुख्य प्रशिक्षक काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली विराटनगर किङ्सका मुख्य प्रशिक्षक आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ’ब्राएन सोमबार काठमाडौं आइपुगेका छन् । मुख्य प्रशिक्षक ओ’ब्राएन काठमाडौं आईपुगेको टोलीले आफ्नो सामाजिक संजाल मार्फत जनाएको छ । उनलाई त्रिभुवन विमानस्थलमा विराटनगरका टिम व्यवस्थापकमा विजय कुमार धिताल लगायतले स्वागत गरेका थिए । राष्ट्रिय क्रिकेट टोलीका नियमित […]

November 25, 2024

सुदूरपश्चिम रोयल्सका मेन्टर हज काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज काठमाडौं आइपुगेका छन् । अस्ट्रेलियाका विश्व कप विजेता टोलीका सदस्य हज सोमवार काठमाडौं आइपुगेका हुन् । उनलाई सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । केही दिन धनगढीमा रहेर प्रशिक्षण गरेको सुदूरपश्चिमको टोली सोमवार काठमाडौं आइपुगेको […]

November 25, 2024

एनपिएलको ट्रफी अनावरण

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरेका छन्। सुन्धारा स्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका साथ ट्रफी अनावरण गरेका हुन्। ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले […]

November 24, 2024

ओमानका पूर्व कप्तान कर्णालीमा अनुबन्धित

काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]

November 24, 2024

ऋषभ बने आइपिएल इतिहासकै सबैभन्दा मँहगा खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – भारतीय क्रिकेटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । सन् २०२५ को आईपीएलका लागि जारी अक्शनमा ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा (४३ करोड २० लाख नेपाली रुपैयाँमा) टोलीमा अनुबन्ध गरेको हो । यसअघि दिल्ली क्यापिटल्समा रहेका रिषभको न्यूनतम मूल्य २ करोड भारु […]

Success

Thank you for your time.