November 17, 2024
धनगढी (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा ट्यालेन्ट हन्ट संचालन भएको थियो । एनपिएल खेल्ने आशाका साथ आफूमा रहेको क्षमता प्रस्फुटन गर्न प्रदेश भरका युवाहरुको ट्यालेन्ट हन्टमा उत्साहजनक सहभागिता रहेको थियो । नेपाल क्रिकेट संघ क्यान (क्यान) ले […]
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा काठमाडौं गुर्खाजको क्रिकेट एम्बेसडर नियुक्त भएकी छिन् । काठमाडौंले एक कार्यक्रमका बीच इन्दुलाई टोलीको क्रिकेट एम्बेसडर नियुक्त गरेको हो । इन्दुले एनपिएल टोली काठमाडौंको अंग हुन पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिइन् । ‘एनपिएल फेस्टिभल अफ क्रिकेटको रुपमा रहने […]
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो गुडविल एम्बासडरमा नियुक्त गरेको छ । विराटनगरले आइतवार एक कार्यक्रममा बीच राईलाई एम्बासडर नियुक्त गरेको हो । राईले मौकाका लागि विराटनगर किङ्सलाई धन्यवाद दिए। ‘यो एनपिएल न्युट्रल बसेर हेरौं भन्ने थियो। तर टोलीसँग जोडिन पाए। क्रिकेट हेर्न र बुझ्न […]
November 16, 2024
धनगढी (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि ट्यालेन्ट हन्ट सुरू हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ । छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी आइसकेको छ। […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्रिस कार्कीले काठमाडौं गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । पूर्व क्रिकेटर शशी केशरीले स्थापना गरेको वान डे क्रिकेट एकेडेमी काँडाघारीमा शनिवार भएको अन्तिम छनोटबाट ‘लोकल आइकोनिक प्लेयर’ को रुपमा क्रिसले काठमाडौं गुर्खाजमा स्थान पक्का गरेका हुन् । काठमाडौं गुर्खाजले […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट गरेको छ। राइनोजले चितवन मेडिकल कलेज (सिएमसी), कैलाशनगर भरतपुरमा आयोजना गरेको ट्यालेन्ट हन्टमा ४ सय ६० खेलाडी दर्ता भएको चितवनले जनाएको छ । तीमध्ये ३५ जनाको नाम ट्यालेन्ट हन्टमा छनोट गरिएको हो । अन्तिम छनोट आइतवार गौतम […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स क्लबले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र टोलीका मार्की खेलाडी रोहित पौडेललेशनिवार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्। लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरि जर्सीकोडिजाइन गरिएको छ […]
November 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत नवलपुरका सुदीप अर्याललाई आइकोनिक प्लेयरका रुपमा छनोट गरेको छ । पोखराले शुक्रवार अलराउण्डर सुदीप टोलीका लागि आइकोनिक प्लेयरको रुपमा छनोट गरेको जनाएको छ । अलराउन्डर सुदीप ट्यालेन्ट हन्टबाट छनोट हुने पहिलो आइकनिक प्लेयर बनेका छन्। पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार गण्डकी […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि वेस्ट इण्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गराएको शुक्रवार विज्ञप्ती मार्फत जनाएको छ । २० वर्षिया बायाँ हाते तीव्र गतिका बलर रामोनले आइसिसी यु १९ क्रिकेट विश्व कप २०२२ मा वेस्ट इन्डिजका […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणमा विभिन्न टोलीमा आवद्ध भएका तीन क्रिकेटर इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को अन्तिम अक्सन सुचीमा अटाएका छन् । आइपिएलले शुक्रबार जारी गरेको ५ सय ७४ जना खेलाडीको अन्तिम अक्सन सुचीमा एनपिएलमा आवद्ध तीन खेलाडीले स्थान बनाएका हुन् । आईपिएल अक्सनमा लुम्बिनी लायन्सका अमेरिकी उन्मुक्त चन्द, […]